नेपाल-भारत आईसीजीको सचिवस्तरीय बैठक सम्पन्न, रेलसेवा सम्झौता संशोधन गरिने
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २३:७:४१
२२ मंसिर, काठमाडौं । नेपाल-भारत अन्तरसरकारी समिति ‘आईसीजी’को सचिवस्तरीय बैठक सोमबार सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ ।
दुवै देशका वाणिज्य सचिवहरूले नेतृत्व गरेको बैठकमा अनधिकृत व्यापार नियन्त्रण तथा व्यापार तथा पारवहनमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको छ। भारतका विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँगै भारत सरकारका वाणिज्य वाणिज्यसचिव अनुप वाधवाले नेतृत्व गरेका थिए।
यस्तै, बैठकमा नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए। आईजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्द्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्रको रूपमा रहेको छ। बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख अजेण्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो।
यस्तै, बैठकमा व्यापार तथा पारवाहन सन्धिको पुनरावलोकन, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयासबारे समेत छलफल भएको बताइएको छ।
वाणिज्य मन्त्रालयका अनुसार संयुक्त बिजनेस फोरमको गठन र दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा छलफल भएको छ। उक्त बैठकको तयारीका लागि यही मङ्सिर १८ देखि १९ सम्म अन्तरसरकारी उपसमितिको सहसचिवस्तरको बैठक बसेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार