र्यापरलाई पोर्न फिल्मको कमेन्ट्री गर्न १ मिलियन डलर अफर
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार ४:२:३३
२२ मंसिर, एजेन्सी । र्यापर स्नुप डग अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका व्यक्ति हुन् । उनले केही समयअघि माइक टाइसन र रोय जोन्स जूनियको बक्सिङ फाइटको बेला कमेन्ट्री गरेका थिए । उनको यो कमेन्ट्री धेरै भाइरल पनि भएको थियो ।
यो बक्सिङ म्याचको बेला स्नुपका जोक्सलाई पनि उनका समर्थकहरुका अतिरिक्त धेरै खेलाडीहरुलाई पनि धेरै हँसाएको थियो । र यो सामाजिक सञ्जालमा उनको बारेमा कतै स्नुपले कमेन्ट्री पेशा नै अँगाल्ने त होइनन् भनेर उनको पेशाका बारेमा पनि चर्चा भएको थियो । उनी स्वयम्लाई पनि यसबारेमा अनौठा अनौठा अफरहरु आउन थालेका थिए ।
यस्तैमा अमेरिकाको एक बयस्कहरुको मनोरञ्जन कम्पनी आइएमलाइभले र्यापर स्नूपको कमेन्ट्रीबाट प्रभावित भई एक मिलियन डलरको अफर दिएको छ । त्यसमा उनले बेग्लै किसिमले कमेन्ट्री गर्नुपर्ने सर्त अघि सारिएको छ । उनलाई पोर्नको प्रत्यक्ष प्रशारण ‘लाइभ’ हेरेर लाइभ कमेन्ट्र गर्न अफर गरिएको थियो । त्यसमा दृष्टिबिहिनहरुका लागि भइरहेको घटनाका बारेमा आफ्नै प्रकारले भन्नुपर्ने सर्त राखिएको थियो ।
उक्त पोर्न साइटले स्नुप डगको एक खुला पत्रमा भनेको थियो, ‘आईएमलाइभमा हामी सधैं अलग सोचका लागि लोकप्रिय छौं । हाम्रा दृष्टिबिहिन साथीहरुका लागि आफ्नो बेग्लै प्रस्तुतिमा पोर्न र एडल्ट शो को कमेन्ट्री गरिदिए यी मानिसहरुको जीवनका लागि सबैभन्दा रमाइला अनुभवहरु मध्ये एक हुने थिए ।’
पत्रमा उनीहरुले एक मिलियन अमेरिकी डलरको अफर पनि गरेका थिए । कम्पनीले त्यसका लागि आफ्नै घर वा अन्यत्र जहाँबाट पनि कमेन्ट्र गर्न सक्ने बताएको थियो । स्नुपले भने अहिलेसम्म उक्त पत्रको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार