यो हो संसारकै महंगो ब्याग : मूल्य ८४ करोड रुपैयाँ !
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार ४:५२:५०
२२ मंसिर, काठमाडौं । लग्जरी इटालियन ब्राण्ड बोरिनी मिलानेसीले ६ मिलियन युरो अर्थात ८४ करोड रुपैयाँको लागतमा संसारकै सबैभन्दा महंगो ब्याग बनाएको छ । चमकदार देखिने ब्यागमा १३० क्यारेटको हिरा र १० सेतो सुनका पुतली जडान गरिएको छ । सामुद्रिक प्रदूषणका बारेमा जागरुकता बढाउने उद्देश्यले ब्यागको निर्माण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो इन्स्टिाग्राममा एक विज्ञप्तिमार्फत समुद्रको रक्षा र जागरुकता बढाउनका लागि ब्याग बनाइएको उल्लेख गरेको छ । यो ब्यागको मूल्य ६ मिलियन यूरो अर्थात ८४ करोड रुपैयाँमध्ये केही रकम समुद्रको सफाइका लागि दान गरिने कम्पनीले घोषणा गरेको छ ।
ब्यागको सुन्दरताका बारेमा भिडियोमार्फत जानकारी दिइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनका पुतली लगाइएको छ । यो ब्याग हेर्दा निकैनै सुन्दर देखिएको छ । ब्याग बन्द गर्नका लागि हुकको प्रयोग गरिएको छ । ब्याग बनाउन १३० क्यारेटको हिरा प्रयोग गरिएको छ ।
इटालियन ब्राण्ड बोरिनी मिलानेसी संसारकै चर्चित झोला उत्पादक कम्पनी हो । कम्पनीको इस्ग्राममा सुन्दुर झोलाका तस्बिर पनि देख्न सकिन्छ । अहिले बनाइएको झोला नै संसारमै सबैभन्दा महंगो झोला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार