सरकार दृष्टि भएर पनि दृष्टिकोण नभएको नेतृत्व : नेता गुरुङ
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार ११:५५:८
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले दुई तिहाइको सरकारको नेतृत्व सोचे जस्तो नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा कान्तिपुरमा प्रकाशित समाचारलाई मेन्सन गर्दै उनले सरकारको कडा आलोचना समेत गरेका हुन् ।
दैलेखमा स्वास्थ्य केन्द्रका भवन निर्माण भएर हस्तान्तरण नगरी भत्काइँदै शिर्षकप्रति सरकारको आलोचना गर्दै नेता गुरुङले भनेका छन्, दृष्टि भएर पनि दृष्टिकोण नभएको नेतृत्व भएपछि हुने नै यस्तै हो।
जिल्लाको ठाँटीकाध गाउँपालिकामा बनेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण नहुँदै भत्काउन लागिएको छ । करिब डेढ दशकअघि निर्माण सम्पन्न भएका तीनवटा भवन भत्काएर त्यहाँ नयाँ भवन बनाउन थालिएको हो ।
२०५९ सालमा सम्झौता भई ३ वर्षमा निर्माण सम्पन्न भएको भवनमा ८२ लाख रुपैयाँ खर्च भएको थियो । किसान कन्स्ट्रक्सनले एउटा ठूलो र दुईवटा साना भवन बनाएको थियो ।
यता, स्थानीयबासीले भवन हस्तान्तरण नगरेरै भत्काउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । यसअघि पनि भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिइएको थियो ।
नेता गुरुङले गणतन्त्रलाई कतैबाट खतरा छ भने ओली सरकारको चरम भ्रष्टाचार, सत्ता र शक्तिका लागि राष्ट्रिय स्वाधीनता बिरुद्ध बिदेशी प्रभुको अगाडि लम्पसार पर्ने प्रबृत्ति र अधिनायकवादी चरित्रबाट भएको ठोकुवा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार