पीडित परिवारलाई सम्मान र हौसला
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार १२:२:८
२२ मंसिर, सप्तरी । “पापीहरुले बलात्कार गरे, पञ्चहरुले आत्महत्या गर्न बाध्य पारे ।” सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगीता मण्डलको सामुहिक बलात्कार पछि कारवाही गर्न पञ्चहरुले नरोकेको भए, अस्मिताको मूल्य तोक्दै दुव्र्यवहार र अपमान नगरेको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन थिइन् ।
संगीताकी आमा रधियादेबी मण्डलले सोमबार राजविराजस्थित दशन चोकमा आयोजित कार्यक्रममा संगीतालाई न्याय दिलाउनुको साटो मृत्यु रोज्न गाउँलेहरुले नै वाध्य पारेको बताइन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा भएको हिंसा पीडित परिवारलाई हौसला प्रदान कार्यक्रममा रधियाले घरखेतको काममा सघाउने छोरी संगीताको अस्मिताको मूल्य गाउँलेहरुले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो पोखिन् ।
यसैगरी राजविराज १३ घर भई राजविराज २ मा बस्दै आएकी बिजयादेबी यादवले घरेलु हिंसाबाट वर्षौदेखि प्रताडित रहे पनि न्याय पाउने आशामा संघर्षबाट नथाकेको बताइन् । उनका श्रीमान सशस्त्र इन्स्पेक्टर रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेंटघाट गर्न नदिएको यादवले गुनासो राखिन् । आम्दानीको स्रोत नभएको र सहमति बमोजिम पठाउनु पर्ने रकम लकडाउनको मौका छोपी आठ महिनादेखि श्रीमानले नपठाएको बताउँदै यादवले अब आइन्दा कुटपिट नगर्ने भनी प्रहरी कार्यालयमा लिखित सहमति गरेपनि श्रीमान र जेठाजुबाट शारिरीक र मानसिक यातना भोग्दै आएको बताइन् ।
उनले प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयमा पटक–पटक उजुरी दिएपनि न्याय नपाएको बताइन् । हिंसा पीडितलाई हौसला प्रदान गर्ने कार्यक्रम बमोजिम मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष करुणा झाले मण्डल र यादवलाई दोसल्ला ओढाउँदै जनही नगद पाँच हजार प्रदान गरिन् ।
आँट, भरोसा र आशा दिने भन्दा धम्क्याउने बढी भएकोले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मानले हौसला बढेको उनीहरुले बताए ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, दहेज मुक्त मिथिलाकी अध्यक्ष झा, सहप्राध्यापक अशोककुमार झा, मैथिली महिला परिषद्की पूर्व अध्यक्ष सुमित्रा दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवालले हिंसा पीडितहरुलाई जिविकोपार्जजका लागि मूल समारोह समितिले चाँडै योजना ल्याउने बताए ।
दहेज मुक्त मिथिलाको संयोजनमा भएको सो कार्यक्रममा हिंसाका विरुद्ध आवाज उठाउन र एक्लो महसुस नगर्न आग्रह गर्दै वक्ताहरुले न्यायका लागि आवाज उठाएमा नै अपराधीहरुलाई कारवाही गर्न सकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार