लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार ६:२२:४०
२३ मंसिर, सप्तरी । राजविराजमा सोमबार लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्न अत्यावश्यक रहेको बताए। महिला र बालबालिकाहरूको अधिकारको संरक्षण तथा सम्मान सुनिश्चितताका लागि मौनताको संस्कृति अन्त गर्नुपर्ने र हिंसाविरुद्ध एकताबद्ध हुनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए। अपराध न्यूनीकरण गर्ने अभियानमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै साहले यस अभियानमा स्थानीय जनसमुदाय र सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए ।
जेष्ठ नागरिक चन्द्रशेखर साफीको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जनउत्थान केन्द्रकी सहजकर्ता सुष्मा गुप्ता, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, स्थानीय शत्रुघ्न साह, युवा सञ्जालकी संयोजक सुनीता साह, हुर्क नेपालकी कार्यक्रम संयोजक रिया राय सञ्चेती, पत्रकार पंकज साह निखिललगायतले हिंसा न्यूनीकरणमा सचेतनात्मक सहजिकरणको विस्तार आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार