राजविराज जेसीजद्धारा रक्तदान कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार ६:२८:४
२३ मंसिर, सप्तरी । राजविराज जेसीजले सोमबार राजविराजमा रक्तदान कार्यक्रम गरेको छ । जेसीज सप्ताहअन्तर्गत पाँचौ दिन जेसीजले राजविराजस्थित गजेन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला जेसीजले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताए । रक्तदान कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, पूर्व अध्यक्ष मनोहर पोखरेल, कार्यक्रम संयोजक रबीकुमार राय, कानुनी सल्लाहकार राजेश मण्डल, शाखा सम्पादक, सुनितकुमार मुन्नालगायतले रक्तदान गरे ।
यसैगरी स्वयमसेवी रक्तदाता पंकजकुमार सरकार, पत्रकार पिन्टुकुमार यादव, गायत्री दाहाल, भोली मेहतर राउत, दयानन्द अमात्य, उपेन्द्रकुमार राय, पंकज अमात्य, टोपेन्द्रकुमार रायले रक्तदान गर्नुभएको महासचिव तथा जेसीज सप्ताहका मूल संयोजक खेलानन्द दासले बतए ।
अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शंकर शारदा, पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा २०२० का राष्ट्रिय अध्यक्षका उम्मेदवार रबीन पोखरेल, नुवाकोट जेसीजका अध्यक्ष श्रीकृष्ण आचार्यलगायतले मन्तव्य राखे ।
मन्तव्यका क्रममा राष्ट्रिय अध्यक्षका उम्मेदवार पोखरेलले समाज रुपान्तरणका लागि सहकार्यका साथ विभिन्न संस्थालाई समेटेर जेसीजले अगाडि बढनु पर्ने बताउनु भयो । हरेक युवाले समान ढंगले अगाडि बढने अवसर पाउनु पर्ने भन्नुहुँदै पोखरेलले युवाहरुलाई लक्षित गरेर जेसीजले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उक्त अवसरमा राजविराज जेसीजका अध्यक्ष कटवालले गम्छा लगाई दिएर पोखरेल र आचार्यलाई सम्मानु गरे । एकआपसमा मायाको चिनो आदानप्रदान समेत गरिएको आयोजकले जनाएको छ । ‘जेसीज सप्ताह कार्यक्रम २०२०’ को साताव्यापी कार्यक्रमको छैठो दिन मङ्गलबार अपरान्ह राजविराजस्थित अस्पतालमा गर्भवती, सुत्केरीलाई पौष्टिक आहार प्रदान कार्यक्रम रहेको कार्यक्रम संयोजक गणेशकुमार दासले जानकारी दिए ।
यसैगरी बुधबार सुरुङ्गा नगरपालिका–३ दौलतपुरमा स्वास्थ्य सामाग्री वितरण र अन्तरक्रिया कार्यक्रम राखिएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकाले अन्तिम दिन बुधबार साँझ राजविराजस्थित गजेन्द्र चोकमा हिंसा पीडितबाट मृत्युवरण गरेकाहरुको सम्झनामा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जलीसभा गरेर साप्ताहिक कार्यक्रम समापन गरिने जेसीज अध्यक्ष कटवालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार