खनालको नेतृत्वमा सम्पर्क समितिको घोषणा, कम्युनिष्टको हातबाट नेपाललाई मुक्त गर्न नेता केसीको आग्रह
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार २०:५०:२७
२३ मंसिर, नुवाकोट । नुवाकोट जिल्ला स्थायी घर भई अमेरिकामा बसोबास गर्ने लोकतन्त्रवादी प्रवासीहरुको साझा संस्थाको रूपमा नुवाकोट-अमेरिका सम्पर्क समितिको स्थापना भएको छ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवम पुर्वमन्त्रीद्वय अर्जुननरसिङ केसी र डा। रामशरण महतको उपस्थितिमा सम्पन्न कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि पूर्व शिक्षा, स्वास्थ्य एवं शहरी विकास मन्त्री अर्जुन नरसिङ केसीले जनतालाई झुटको योजना बाढेर आएको कम्युनिष्ट सत्ता आज समाप्तीको अवस्थामा पुगेको र कम्युनिष्टहरुको हातबाट नेपाललाई मुक्त गर्न कांग्रेसभित्र व्यापक एकता आवश्यक भएको बताउँदे कम्युनिष्ट सत्ताले गरेको भ्रस्टाचारको नेपाली कांग्रेसले भन्डाफोर गर्नुपर्ने बताए । नेता केसीले जनसम्पर्क समिति अमेरिकामा फुटको आवश्यकता नभएको र सबैलाई एकताबद्द हुन आग्रह गरे।
कार्यक्रमका अर्का विशेष अतिथि पुर्व अर्थ एवं परराष्ट्रमन्त्री डा. रामशरण महतले महामानव बीपी कोईरालाले परिकल्पना गरेको प्रवासी नेपालीहरुको संस्था नेपाली जनसम्पर्क समितिको विस्तारित रुप आज जिल्ला तहसम्म पुगेकोमा खुशी व्यक्त गर्दै नुवाकोट–अमेरिका सम्पर्क समितिको स्थापना कार्यक्रममा आफुलाई पनि आमन्त्रण गरिएकोमा धन्यवाद दिएका थिए ।
डा. महतले राष्ट्रियता भनेको भौगोलिक सीमाना मात्रै नभई विश्वभर छरिएका नेपालीहरुको भावनात्मक एकता पनि भएकोले नेपालको रेमिट्यान्सको प्रमुख स्रोत अमेरिका भएको बताउँदै देशको आर्थिक विकासमा अमेरिकामा रहेका नेपालीहरुको उल्लेख्य योगदान भएको बताए । साथै कोभिड १९ बाट अमेरिकामा पनि धेरै नेपालीहरुको ज्यान गएकोमा दुख व्यक्त गर्दै यस भाइरसबाट सुरक्षित रहन अमेरिका निवासी नेपालीहरुलाई आग्रह गरे ।
वर्तमान कम्युनिष्ट सरकार र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीका कारण लोकतान्त्रिक गणतन्त्र र संघियतामा संकट आएको उल्लेख गर्दै नेता महतले नेपाली कांग्रेसले मात्रै राजनीतिक निकास दिन सक्ने बताए । कार्यक्रमका अर्का अतिथि सांसद एवं केन्द्रिय सदस्य बहादुर सिङ लामाले शुभकामना व्यक्त गर्दै अमेरिका निवासी सबै नुवाकोटे जनतालाई एकताबद्द हुन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिङ केसीले यस संस्थाको स्थापनाले आफु अत्यन्त खुशी भएको र अन्य देशमा पनि यस्तै संस्था विस्तार गर्ने क्रममा रहेको जानकारी दिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक विष्णु सुवेदीले नेपाल र नेपाली कांग्रेसको अवस्था अत्यन्त सङ्कटमा रहेकोले थप सशक्त र प्रभावकारी भूमिका खेलिदिन नेताद्वय डा. महत र केसीलाई आग्रह गरेका थिए । त्यस्तै अमेरिका–नेपाल रिसर्च सेन्टरका अध्यक्ष डा. राजन पन्तले शुभकामना दिदै एकताबद्द भई काम गर्न सल्लाह दिएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य एवम सांसद बहादुरसिङ लामा , नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिङ केसी, महासमिति सदस्य डा। केदार नरसिङ केसी , महासमिति सदस्य एवम युवा नेता रमेशकुमार महत , जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तमाङ , उपप्रमुख अप्सरा थापा , विभिन्न नगर एवम गाँउपालिकाका प्रमुख तथा उपप्रमुखहरु , नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक विष्णु सुवेदी, एनआरएन आईसीसीका उपाध्यक्ष रविना थापा , अमेरिका–नेपाल रिसर्च सेन्टरका अध्यक्ष डा. राजन पन्त , नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिङ केसी लगायत उल्लेख्य व्यक्तिहरुको सहभागिता थियो ।
अर्का वक्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिङ केसीले शुभकामना मन्तब्य दिदै यो संस्था अमेरिकी कानुन अनुसार दर्ता भईसकेकोले आउँदा दिनमा महत्वपुर्ण कामहरु गर्ने बताए । कार्यक्रममा ईन्द्र सिटौलाले स्वागत मन्तब्य र विज्ञान खनालले कार्यक्रमको औचित्यमाथि थप प्रकाश पारेका थिए । कार्यक्रमको सभापतित्व राजेन्द्र उप्रेती र कार्यक्रम संचालन पदम नेपालले गरेका थिए । सो कार्यक्रममा विज्ञान खनालको नेतृत्वमा २९ सदस्सीय कार्यसमिति घोषणा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार