गाँजामा लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा निधिकाे जाेड
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ बुधबार ४:७:४६
२३ मंसिर, काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन । विश्व हिन्दू युवा संघले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत हुने भएकाले यसको प्रतिबन्ध हट्नुपर्ने बताए ।
विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्दै पूर्वगृहमन्त्रीसमेत रहिसकेका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताए । वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाको प्रतिबन्ध खुला गरे प्रत्येक नेपाली करोडपति बन्न सक्ने भएकाले निषेधको कानून संशोधन गर्न संसद्मा प्रस्ताव दर्ता भएको सुनाए । एक किलोको रु ५० लाखसम्म पर्ने औषधीय गुणले युक्त वनस्पतिलाई खुला गरेर देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ थियो ।
आफूले औषधिका रुपमा प्रयोग गरेकाले गाँजा खुला हुनुपर्ने अभियानमा लाग्नुभएका अभियानकर्मी राजीव काफ्लेले हाल प्रचलनमा रहेको कानूनले पनि औषधि र साधुसन्तलाई गाँजा प्रयोगमा छुट दिएको सुनाए । वाचन प्रवीण दीनबन्धु पोखरेलले गाँजालाई जडीबुटीका रुपमा खुला गर्न दिए अर्थतन्त्र सुदृढ हुने बताए ।
कार्यक्रममा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाह, त्रिमूल पार्टीका महासचिव स्वामी तथागत, स्वामी व्याघ्र वेदनाथलगायतका वक्ताले गाँजाभन्दा धेरै लागुपदार्थ बजारमा खुलमखुला बिक्री वितरण भइरहेकामा औषधीय गुणले युक्त वनस्पति गाँजामाथिको प्रतिबन्ध छिटो हटाइनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार