देशलाई पुनःरक्तरञ्जित नबनाऊ, हुन नदेऊ : कांग्रेस नेता केसी
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ बुधबार ४:२७:१४
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिह केसीले हिंसा सदैव निन्दनीय हुने बताएका छन् । आज बिहान मोरङको मिक्लाजुङ गाउँपालिकाकामा अज्ञात समूहले एक प्रधानाध्यापकको अपहरण गरेर गोली हानी हत्या गरेको समाचारलाई मिन्सेन गर्दै नेता केसीले हिंसा सदैव निन्दनीय हुन्छ,यसको भविष्य हुदैन शान्तिको विकल्प छैन भनि भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शिक्षक हत्या प्रकरणलाई मिन्सेन गर्दै केसीले लामो हिंसात्मक द्वन्द्व र रक्तपात पूर्ण कहालीलाग्दो स्थितिबाट भर्खर उन्मुक्त यो देशलाई पुनःरक्तरञ्जित नबनाऊ, हुन नदेऊ भन्दै शान्तिपूर्ण लोकतान्त्रिक मार्ग,वार्ता र सहमतिबाटै समाधान खोज्नु जरुरी रहेको बताएका छन् ।
मिक्लाजुङ गाप १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ६ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव समूहले घरबाटै अपहरण गरेर गोली हानी हत्या गरेको हो । अपहरणमा परेका प्रअ श्रेष्ठको शव घरदेखि एक किलोमिटर टाढा रहेको मिक्लाजुङ १ मै पर्ने बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
घटनास्थल पूर्वपश्चिम राजमार्गदेखि झन्डै ३० किलोमिटर उत्तर विकट पहाडी क्षेत्रमा पर्छ । यो समूहमाथि सरकारले प्रतिबन्ध लगाएको भए पनि देशभर विप्लवका कार्यकर्ताहरूले छिटपुट हिंसात्मक घटना गर्ने प्रयास गरिरहेका छन् । यता मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार