अस्पतालमा बाँडियो पौष्टिक आहार र सेनेटेरी प्याड
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार ६:२३:३८
२४ मंसिर, सप्तरी । राजविराज जेसीजले आज मर्यादित महिनावारी दिवसको अवसर पारेर राजविराजस्थित अस्पतालमा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार र सेनेटेरी प्याड वितरण गरेको छ ।
जेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ । महिनावारी, गर्भ र सुत्केरी प्राकृतिक विषय भएकाले लाज मान्न, पाप र अछुतको व्यवहार गर्न नहुने भन्दै राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा गरिने हिंसाजन्य कार्यविरुद्ध युवाहरु अग्रभागमा उभिनु पर्ने बताए ।
राजविराज जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेशकुमार दासको संयोजनमा भएको कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाुकर, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेललगायत जेसीजका पदाधिकारीहरु र अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार