चोकमा बाँडियो सेनेटेरी प्याड
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार ६:३२:२८
२३ मंसिर, सप्तरी । राजविराजमा खुला रुपमा सेनेटेरी प्याड वितरण गरेर दोस्रो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरेर ‘मर्यादित महिनावारी’ दिवस मनाइएको हो ।
कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले मन्तव्य राख्नु हुँदै महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने बताए । संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गरे ।
महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनालले महिनावारी भएका बेला एक्लै राखिंदा किशोरी र महिलाहरूले यौनजन्य हिंसा, बलात्कार तथा ज्यान समेत गुमाइरहनु परेकाले महिनावारीका कारण गरिने सबैखाले हिंसा अन्त्यको पहल घरघरबाट शुरु गर्नुपर्ने बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राख्नु भयो ।
ग्रीन नेपालको संयोजनमा भएको कार्यक्रममा राजविराज जेसीज र मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान ‘नोभेम्बर २५–डिसेम्बर १०’ कै अवसर पारेर गत वर्षदेखि डिसेम्बर ८ का दिन यो दिवस मनाउन थालिएको हो । मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता राधा पौडेल मर्यादिन महिनावारी दिवसकी पहलकर्ता हुन् ।
बुधबार साँझ गजेन्द्र चौकमा राजविराज जेसीजको संयोजनमा लैङ्गिक हिंसाबाट मृत्युवरण भएकाहरूको सम्झनामा दिप प्रज्वलन गरिने मूल संयोजक पोखरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार