राप्रपाको प्रस्ताव : राजतन्त्र र हिन्दु राष्ट्रबारे सर्वदलीय बैठकमा पेश
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार ७:६:५७
२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको बैठकमा सहभागी राप्रपाका नेता दिपक बोहोराले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो ।
बैठकमा राप्रपाका नेताहरुले संविधान बनाउँदा चौथो पात्र आफूहरु नै भएको र संविधानप्रति समर्थन रहेको बताए । साथै राजतन्त्रको पक्षमा रहेको भइरहेको आन्दोलनमा नैतिक समर्थन रहेको बताएका छन् । बैठकपछि राप्रपाका नेता दीपक बोहोराले भने, ‘हामीले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय बैठकबाट छलफल र निर्णय गरौं भनेर प्रस्ताव राखेका छौं । तर कतैबाट जवाफ आएन ।’
बैठकमा कतिपयले राजवादीहरुको आन्दोलनबारे फरकफरक धारणा आएको थियो । राप्रपा नेता बोहोराले भने, ‘यो आन्दोलनबारे चासो सबै पार्टीको थियो, तर हामीले दिएको विकल्पबारे ‘प्रधानमन्त्री ज्यू र अरु दलको पनि रेस्पोन्स आएन ।’ सर्वदलीय बैठकमा राप्रपा नेताहरुले कोभिड नियन्त्रणमा सरकार असफल बताएका छन् । साथै कोभिड भ्याक्सिन निःशुल्क उपलब्ध गराउन समेत सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार