गरुवामा पुल शिलान्यासः वर्षौको पिरलो हट्नेमा स्थानीय आशावादी
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १३:३६:५४
२४ मंसिर, इलाम । यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ । अब भने केही सालमै पुल बनिने भएपछि स्थानीयवासी खुसी देखिएका हुन् ।
“अब पुलको सपना पूरा हुन्छ भन्नेमा छौँ”, स्थानीय बलबहादुर राईले भने, “शिलान्यासपछि केही आश पलाएको छ ।” धरमुपुर र सिञ्जालीटार जोड्ने २५ मिटर लम्बाइको पुल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मंगलबार शिलान्यास गरे । प्रदेश सरकार र माई नगरपालिकाको साझेदारीमा आउँदो दुई वर्षभित्र पुल बनिसक्नेगरी ठेक्का लागेको छ ।
पुल शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले देश समृद्धिको यात्रामा अघि बढेका बेला पूर्वाधार विकासको काम धमाधम भइरहेको बताए । “बजेट पहिले नै निश्चित भएकाले यो पुल निर्माणका लागि आर्थिक अभाव रहँदैन”, उनले भने, “पुल समयमै निर्माण सम्पन्न गरी स्थानीय उपभोक्तालाई सेवा दिन प्रदेश सरकार प्रतिबद्ध छ ।” गरुवा खोलामा निर्माण हुने पुलले नगरको वडा ४, ५ र १० तथा सूर्योदय नगरपालिकाको वडा १३ र १४ का नागरिक लाभान्वित हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार