राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा प्रकाशन गर्ने
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार २१:१३:३३
२३ मंसिर, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव : पच्चीस वर्ष’ ९२०४६० कृतिमा प्रकाशन गरिसकिएको छ ।
त्यसपछिका पुरस्कृत कवितालार्ई प्रा डा हेमनाथ पौडेल, डा देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सव : पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो । विसं २०४६ देखि २०७६ सम्मको तीसवर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा २०६३/२०६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन सकेको थिएन ।
पच्चीस वर्ष पुरस्कृत १२५ कविका कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्रा डा पौडेलले जानकारी दिए । “साहित्यकार तथा साहित्यप्रेमीलाई कुनकुन वर्ष कस्ताकस्ता कविता पुरस्कृत भएका थिए भन्ने बारेमा चासो हुनु स्वाभाविक हो”, उनले भने, “पुस्तक प्रकाशन गर्नाले नयाँ पुस्तालाई सिकाइ हुनाका साथै इतिहासको दस्तावेजीकरण गर्नमा समेत मद्दत मिल्छ ।” कृतिमा पुरस्कृत कवि र कविताका साथै र महोत्सवको समग्र इतिहासका बारेमा पनि उल्लेख गरिने अर्का सम्पादक प्राज्ञ डा नेपालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार