कर्मचारीलाई घुस दिनेको समाचार बनाऔं
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार २२:८:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/yagyaprasad-bhattarai_MfuVpyLy0t.jpg)
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको र राजस्वको रुपमा आर्थिक संकलनको अत्यन्तै ठूलो हिस्सा ओगटेको मालपोत कार्यालयहरुमा भ्रष्टाचार पनि व्यापक रुपमा हुने गरेका समाचारहरु छापा तथा श्रब्यदृष्य समाचारहरु मार्फत दिनहुँ जसो आईरहेका हुन्छन् । हुन त मालपोत कार्यालयमा भ्रष्टाचार हुदै हुदैन भनेर कसैले पनि भन्न सक्ने दर्बिला आधारहरु पनि बन्न सकिरहेका छैनन । नेपालको मालपोत कार्यालयमा कमिशन र घुसखोरीको मात्रा स्थान विशेषमा केहि कमबेसी हुनसक्छ तर यी कार्यहरु हुँदै हुदैनन् भन्नु आफैले आफैलाई अन्याय गर्नु सरह हुनेछ ।
पहिलो कुरो त सेवाग्राही आफै आफ्नो सम्पत्तिको परल र यथार्थ मुल्य लुकाउँछन् । घरजग्गा किनबेच गर्दा वास्तविक मुल्य लुकाउन पाउँदा राज्यलाई तिर्नुपर्ने राजस्व कम हुने कुरामा सेवाग्राहीहरु मख्ख हुन्छन् भने मालपोत कार्यालयमा रहेका बिचौलियाहरु नै पनि शेवाग्राहीलाई उक्त कार्य गर्न निर्देश गरिरहेका हुन्छन् । यस अर्थमा देशमा रहेका सबैजसो मालपोत कार्यालयमा मालपोत तिर्ने विषयमा पहिलो नम्बरमा स्वयं हामी सेवाग्राहीहरु नै दोषि छौं ।
वास्तवमा यत्रो ठूलो राज्य संयन्त्र परिचालिन भएर नागरिकहरुको अत्यन्तै ठूलो भिडभाड हुने मालपोत कार्यालयमा हुने गरेको दिनदहाडैका बिचौलियाहरुको नाङ्गो नाचले तमाम मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु र स्वयं सरकारलाई नै बदनाम गराई रहेको कुरामा भने किन अहिलेसम्म सरकारको आँखा पुग्न नसकेको हो ?? प्रश्न यहाँबाट शुरु गर्नु उपर्युक्त हुन्छ ।
केहि समय अघि मालपोत कार्यालयमा पत्रकार कुटिएको समाचारले निकै चर्चा पायो । समाचार संकलनका क्रममा भएका यस्ता अमानविय घटनाहरुको भने सधैं निन्दा र भ्रत्सना नै गर्नु पर्दछ । अन्यत्रका सबै मालपोत कार्यालय गतिला अनि दमकको मालपोत कार्यालय मात्रै भ्रष्ट र बिचौलियाको दलदलमा फसेको छ भनेर देशका अरु मालपोतलाई गहुँत छर्केर चोख्याउने काम कसैले गर्छ भने यसमा पनि ९० प्रतिशत असत्यता लुकेको देखिन सक्छ । त्यसो भन्दै गर्दा देशैभरका मालपोत कार्यालयमा भैरहेका गतिबिधिहरुको सूचना संकलन गर्ने दमककै पत्रकारको मात्रै ठेक्का हो त ?? भनेर पुरक प्रश्नहरु पनि नआउलान भन्न सकिदैन । जहाँ पानीको मुहान नै दुर्गन्धित छ त्यहाँबाट उम्रिएको पानी चाँहि पबित्र र सुगन्धित छ भनेर भन्नेहरुको मनशायमा पनि खोट देखिन सक्छ । यस अर्थमा मालपोत कार्यालयमा रहेका केहि कर्मचारी असाध्यै चोखा र अधिकांश चाँहि भ्रष्ट र कमिशनखोर छन् भनेर दुईपाटोमा राखेर हेर्न पनि सकिदैन ।
त्यसो हो भने देशमा रहेका सबैजसो मालपोत कार्यालयहरुमा हुने गरेको भ्रष्टाचार र बिचौलियाको हालिमुहालीको अवस्था सृजना हुनुमा कुरा कहाँबाट र कसरी बिग्रिएको छ त ? वास्तवमा यत्रो ठूलो राज्य संयन्त्र परिचालिन भएर नागरिकहरुको अत्यन्तै ठूलो भिडभाड हुने मालपोत कार्यालयमा हुने गरेको दिनदहाडैका बिचौलियाहरुको नाङ्गो नाचले तमाम मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु र स्वयं सरकारलाई नै बदनाम गराई रहेको कुरामा भने किन अहिलेसम्म सरकारको आँखा पुग्न नसकेको हो ?? प्रश्न यहाँबाट शुरु गर्नु उपर्युक्त हुन्छ ।
वास्तवमा सरकारको अपारदर्शी नीति र राजस्व संकलनका दोधारे नियमहरुका कारण मालपोत कार्यालयमा रकमको चलखेल हुने गरेको पाईन्छ । सानो उदाहरणका रुपमा बाटो सहित र बाटो रहित जग्गाको मुल्यांकन, सम्पत्तिको वास्तबिक र व्यबहारिक मुल्यांकन, सिफारिस दस्तुरमा विबिधता, लगायतका अव्यवहारिक नीतिका कारण सेवाग्राहीहरु थप असमन्जस्य तथा अलमलमा पर्ने गर्दछन् । यसले कर्मचारीहरुलाई मात्र हैन स्वयं सेवाग्राहीहरुलाई समेत प्रसस्तै खेल्ने ठाउँ दिएको छ । कर्मचारी र सेवाग्राहीहरुले घरजग्गा खरिद बिक्रि गर्दा वास्तबिक मुल्य भन्दा फरक मुल्य राखेर चलखेल गर्ने भएको हुँदा यहि बिचमा हुने मोलमोलाईमा नै अत्यधिक भ्रष्टाचार हुने गरेको पाईन्छ ।
घरजग्गाको मुल्यांकन स्थानीय निकायले कार्यालयमै बसेर गर्ने कुरा, बैंकबाट घरजग्गा धितो राखेर कर्जा लिंदा गरिने बैंक तथा बित्तिय संस्थाहरुबाट गरिने मुल्यांकनहरु, स्वयं मालपोत कार्यालयहरुले गर्ने मुल्यांकनहरुमा समेत एकरुपता भएको पाईदैन । मालपोत कार्यालयमा हुने सेवाग्राहीहरुको अत्यधिक चाप, कार्यालयमा रहेका थोरै कर्मचारीहरुबाट समेत सेवाग्राहीका काममा हुने गरेका ढिलासुस्ती, अनि आप्mनो काम मात्रै जसरी भए पनि छिटो गराउनै पर्ने सेवाग्राहीहरुको साघुँरो मानसिकताका कारण पनि मालपोत कार्यालयहरुमा बेथितिहरु बढाएको हुनसक्छ ।
सरकारी निकायका राम्रा मन्त्रालय, राम्रो बिभाग र अन्त्यमा राम्रो कार्यालयका रुपमा परिचित छ मालपोत कार्यालय जहाँ सरुवा भएर आउन सरकारी कर्मचारीहरुले पनि निकै पापड बेल्नु पर्छ अनि ठूलै रकम माथिल्लो निकायमा भेटी स्वरुप दक्षिणा चढाउनु पर्छ भन्ने आम नेपाली मानसिकता समेत रहदै आएको छ । स्वयं सेवाग्राहीहरु नै सेवा लिन आउँदा सेवा दिनेहरुका लागि “प्रसाद” बोकेर आएका हुन्छन्, त्यसैको परिणाम हो अहिलेको वास्तविक बेथिति भनेर मालपोत कार्यालयलाई नजिकबाट नियालिरहेका स्थानीयहरु बताउँछन् ।
यो अवस्थालाई विश्लेषण गर्ने हो भने मालपोत कार्यालयका कर्मचारीहरु जति दोषि छन् त्यो भन्दा बढी दोषि सेवाग्राहीहरु देखिन्छन् । आफै प्रसाद चढाउने र आफै बाहिर आएर घुस बिना कामै भएन भनेर कुर्लने मानसिकताका मानिसहरुको पनि कमी भने छैन । यसको प्रत्यक्ष असर भने सर्वसाधारण नागरिकहरुले पाउने सेवामा परिरहेको हुन्छ । ठूलै प्रसाद अर्पण गरेको भक्तलाई पहिला बरदान दिने भक्तबत्सल भगवानहरुका कारण पनि आम सर्बसाधारण नागरिकले मालपोत तथा नापी कार्यालयमा अनाहकको सास्ती ब्यहोरिरहेका छन् । आफ्नै मुलुकमा आफ्नै छोरो, भतिज या छोरी बुहारी कार्यालयमा छ, मेरो पनि समयमै बिना झण्झट काम फत्ते हुन्छ भनेर अहिले कसैले पनि नसोच्दा हुन्छ ।
पत्रकारले सरकारी कार्यालयमै गएर आफै प्रहरी, आफै अख्तियार र आफै प्रशासक झैं गरेर स्ट्रिङ्ग अपरेशन गर्नु पनि राम्रो पक्ष होईन जस्तो लाग्छ । पत्रकारको काम देखिएका समस्याहरुलाई उजागर गर्नु र सम्बन्धित निकायमा पुर्याएर देखिएका गलत कामलाई सुधार गराउन पहल गर्नु पनि पत्रकारको धर्म हो । यसले नागरिकहरुमा पत्रकारकाले नागरिकका समस्याहरु संकलन गरेर सम्बिन्धत निकायमा पुर्याउन, समस्यालाई समाधानका लागि सरकारलाई खबरदारी गर्न सहयोग प्र्याईरहेका छन् भन्ने सकारारत्मक सन्देश सञ्चार हुन सक्छ ।
मालपोत कार्यालय नै नपुगी बाटामै भेटिने छोटी भन्सारहरुले आम सर्वसाधारण नागरिकहरुलाई आजित र हतोत्साहित बनाई सकेका हुन्छन् । आफ्नो घर जग्गा बेचबिखन, नामसारी, अंशबण्डा, कित्ताकाट, दान दातब्यका लागि दिईएका जमिनहरु लगायतका कामहरु लिएर मालपोत कार्यालय जाने सेवाग्राहीहरु कार्यालयका कर्मचारीसँग सिधैं गएर या अन्य कुनै माध्यमबाट भेटन समेत पाउदैनन् । घुमाउरो र जटिल प्रकृया तेस्र्याएर बाहिर रहेका लेखापढी ब्यवसायीहरुले सेवाग्राहीको फायल आप्mनो हातमा पारिसके पछि सेवाग्राही र मालपोत कार्यालयको प्रत्यक्ष सम्बन्ध बिच्छेद हुन्छ । यसले गर्दा नागरिकहरुमा मालपोत कार्यालयप्रति नकारात्मक भावनाहरु र गलत टिप्पणीहरु आए भनेर अस्वभाविक पनि मान्नु हुदैन ।
यति हुँदाहुँदै पनि पत्रकारले सरकारी कार्यालयमै गएर आफै प्रहरी, आफै अख्तियार र आफै प्रशासक झैं गरेर स्ट्रिङ्ग अपरेशन गर्नु पनि राम्रो पक्ष होईन जस्तो लाग्छ । पत्रकारको काम देखिएका समस्याहरुलाई उजागर गर्नु र सम्बन्धित निकायमा पुर्याएर देखिएका गलत कामलाई सुधार गराउन पहल गर्नु पनि पत्रकारको धर्म हो । यसले नागरिकहरुमा पत्रकारकाले नागरिकका समस्याहरु संकलन गरेर सम्बिन्धत निकायमा पुर्याउन, समस्यालाई समाधानका लागि सरकारलाई खबरदारी गर्न सहयोग प्र्याईरहेका छन् भन्ने सकारारत्मक सन्देश सञ्चार हुन सक्छ ।
जहिलेसम्म देशमा रहेका नापी कार्यालय, मालपोत कार्यालय जस्ता जनताको अत्यधिक भिडभाड भैरहने र प्रत्यक्ष रुपमा आर्थिक कारोबार मार्फत सरकारी कामकाज गराउनु पर्ने कार्यालयहरुमा प्रभावकारी सरकारी संयन्त्र र छिटो छरितो सेवा प्रदान गर्ने कार्यप्रणालीको बिकास हुँदैन, जवसम्म नागरिकहरु आफैले आफुले तिर्नुपर्ने कुनै पनि प्रकारको राजस्वहरु आफै तिर्न राजी हुदैनन् तवसम्म यस्ता कार्यालयहरुमा आर्थिक चलखेल र आपसी लेनदेनको प्रकृया चलि नै रहन्छ । कुनै पत्रकार कार्यालयमा छिरेर, भिडियो खिचेर, सेवाग्राहीहरुलाई उत्तेजित बनाएर या कर्मचारीलाई हतोत्साहित बनाएर मात्रै माथि उल्लेखित समस्याहरु समाधान होलान भन्ने मलाई चाँहि लाग्दैन ।
यदि यस्ता समस्याहरु समाधान गर्ने नै हो भने कर्मचारीले घुस खायो भनेर हैन किन कर्मचारीलाई घुस दियो ? भनेर समाचार बनाउनु पर्छ । काममा किन ढिलासुस्ती भयो भनेर समाचार बनाउनु पर्छ । नागरिकहरु किन आफ्नो फायल आफै नबोकी बिचौलिया मार्फत बोकाएर लैजान्छन् ? आफ्नो फायल आफै बोकेर जान सक्ने अवस्था सृजना गर्ने समाचार बनाउनु पर्छ । कर्मचारीलाई पनि बिचौलिया मार्फत आएका फायलहरु नहेर्न र स्वयं सेवाग्राहीहरुसँग आत्मियता बढाउन उत्प्रेरित गर्ने खालका समाचारहरु बनाउनु पर्छ जस्तो मलाई लाग्छ । यसका लागि सरकारी संयन्त्र र स्वयं हामीमा पनि व्यापक सुधार र छलफलको टटकारो आवश्यकता देखिदैन र ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार