विवेकशील र साझाबीच एकता, चुनाव चिन्ह तराजु
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार २२:२९:५८
२४ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता गरी अहिले केहीबेरअघि अनलाइन कार्यक्रममार्फत् विवेकशील साझा पार्टी घोषणा गरिएको छ।
पार्टी घोषणा कार्यक्रम साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरूमात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
अलग भएको २२ महिनापछि साझा र विवेकशीलबीच एकता भएको छ । साझाका संयोजक मिश्र र विवेकशीलका पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।
एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।
यस्ताे छ, विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण घोषणापत्र :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार