राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थपियाे
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार २:१८:५८
२४ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का तीनवटा बैठकका निर्णय सार्वजनिक गरेका छन् । १५ मंसिर, १८ मंसिर र २३ मंसिरमा बसेको मन्त्रिपरिषद्का निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
१५ मंसिरको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि आगामी १० पुससम्म रहेकोमा एक वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै, प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १० मिलियन अमेरिकी डलर अनुदानस्वरूप सहयोग स्वीकार गर्ने निर्णयसमेत भएको छ ।
सान्जेन जलविद्युत आयोजनाका लागि रसुवामा निर्माण हुने प्रसारण लाइनको राइट अफ वे को दायाँबायाँ ९–९ मिटर पर्ने निजी जग्गालगायतका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष र विद्युत् विकास विभागका सि।डि।इ। चिरञ्जीवी झालाई सदस्य तोक्ने निर्णय गरेको छ ।
सवारीचालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारीसाधनहरूको जाँचपास र रुट इजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्तभित्र परेमा ढिलो भएबापत नवीकरण म्याद नाघेबापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यस्तै, १८ मंसिरको बैठकले ग्रामीण उद्यम तथा आर्धिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सुहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै, बंगलादेश सरकारसँग पचासहजार मेट्रिकटन युरिया मल सरकार–सकार ‘जिटुजी’ प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
नागढुङ्गा–नौविसे–मुग्लिन सडक खण्डको नौबिसे–मुग्लिन खण्डका खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोला गरी जम्मा ४ वटा पुलहरू निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । यस्तै केही सचिवहरूको पदस्थापन गर्ने सम्बन्धमा समेत निर्णय भएको मन्त्री गुरुङले बताए ।
२३ मंसिरको बैठकले प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति २०७७/२०८८ स्वीकृत गरेको छ । यस्तै, नेपाल लेखापरीक्षण सेवा नियमहरू २०७७ पनि स्वीकृत गरेको छ । यस्तै, निजामती सेवा नियमावली २०५० को अनुसूचीमा हेरफेर तथा थपघट गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशसमेत सरकारले ल्याएको छ । विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहकालाई सामाजिक सुरक्षाको लाभ उपलब्ध गराउने व्यवस्था समावेस गरी अध्यादेश ल्याएको हो । यसबाट करिब ५० हजार लाभग्राहीलाई १ अर्ब ८० करोड रुपैयाँ भत्ता वितरण हुने पनि मन्त्री गुरुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार