१७ कम्पनीको झण्डै १३ अर्बको शेयर पाइपलाइनमा
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार २:२६:४३
२४ मंसिर, काठमाडौं । बैंक, जलविद्युत, बीमा कम्पनी र अन्य क्षेत्रसहितको करिब १२ अर्ब ७७ करोड ६४ लाख ३७ हजार ७ सय २० रुपैयाँ बराबरको १२ करोड ७६ लाख ८२ हजार आठ सय ३६ कित्ता शेयर (आईपीओ) बजारमा आउने तयारी भइरहेको छ ।
शेयर जारी गर्ने तयारीमा रहेका कम्पनीहरु शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बार्डको अनुमतिको पर्खाइमा रहेका छन् । बोर्डका अनुसार न्यादी हाइड्रोपावर, शुभम् पावर, तेह्रथुम पावर कम्पनी, हिमालयन हाइड्रो, विन्ध्यावासिनी हाइड्रोपावर, मैलुङखोला जलविद्युत, ग्रिनलाइफ हाइड्रोपावर, सिङ्गटी हाइड्रोपावर, मध्ये भोटेकोशी जलविद्युत र रुरु जलविद्युत परियोजनाले शेयर जारीका लागि चाहिने अनुमतिका लागि बोर्डमा निवेदन दिएका छन् । ति कम्पनीहरुको शेयर निष्काशनका लागि चाहिने आवश्यक प्रक्रियाहरु पुरा गरेपछि मात्रै बोर्डले शेयर निष्काशन अनुमति दिने जनाएको छ ।
त्यसैगरी बीमा तर्फ भने ज्योति लाइफ इन्स्योरेन्सले यही मंसिर १९ गते बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ६६ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको छ ।
बैंकिङ तर्फ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यही मंसिर ८ गते १०० रुपैयाँ अंकित ८० करोड कित्ता शेयर निष्काशनको लागि निवेद पेश गरेको छ । बैंकको सो शेयर निष्काशन अनुमति पाएपश्चात एनआईबीएल एस क्यापिटलले बिक्रि गर्ने छ । अनुमति पाएको खण्डमा यस बैंकको शेयर नै नेपालमा अहिलेसम्म एकै पटक उच्च संख्यामा आइपीओ निष्काशन गर्ने कम्पनीको रुपमा रेकर्ड रहने छ ।
त्यस्तै इमर्जिङ नेपाल, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, डिस मिडिया नेटवर्क, महिला लघुवित्त, सीआईबीएल क्यापीटल पनि शेयर निष्काशनको अनुमतिका लागि बोर्डको पाइपलाइनमा नै रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार