शिक्षक ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई गृहमन्त्रीकाे निर्देशन
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार २:२८:९
२४ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको ‘हत्या अनुसन्धान’ तिव्र पार्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बुधवार गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङमा उनले शिक्षकको हत्यामा संलग्नको खोजी तिव्र बनाउन र पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएका हुन् ।
मंगलबार मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठलाई सुराक गरेको आरोपमा विप्लवका कार्यकर्ताले हत्या गरेका थिए । हत्याको जिम्मा विप्लव समूहले लिएको छ ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए । सुरक्षा निकायका प्रमुखसँग नियमित ब्रिफिङ भएको गृह मन्त्रालयका प्रवक्ता ‘सह–सचिव’ चक्रवहादुर बुढाले रातोपाटीलाई बताए । गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरुले पछिल्लो सुरक्षा अवस्थाको रिपोर्ट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार