हामी मिलौं माधवले धोका दिन्छन् : प्रम ओली
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार २:३७:३४
२४ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन् । प्रधानमन्त्री निवास वालुटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट समाधान हुने बताएका छन् । भेटवार्तामा ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका छन ।
तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । भेटमा उनले भनेका थिए, तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो । जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् । बैठकलाई प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेका थिए ।
मंसिर २१ मा स्थायी कमिटी बैठक भेटेपछि ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो । त्यसअघि २५ दिनको संवादहीनता तोड्दै स्थायी कमिटी बैठक बस्नु अघिल्लो दिन मात्रै ओली र प्रचण्ड बीच छोटो समय भेटवार्ता भएको थियो । तर बुधबारको भेटवार्ता भने त्यस दिनको भन्दा लामो चल्यो ।
प्रधानमन्त्री एव् अध्यक्ष ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित भएपछि ओलीले आफू निकट नेताहरुमार्फत् विशेषगरी प्रचण्डसँग संवाद र सहमतिको प्रयास गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार