हुम्लाले माग्यो कर्णाली सरकारसँग हजारौ स्याउका बिरुवा
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १५:४७:०
२५ मंसिर, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो ।
स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले १८ हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । स्याउखेती गर्ने किसानको विवरण लिएर प्रदेशसँग ती बिरुवा माग गरिएको हो । अब प्रदेशले बजेट वा बिरुवा के पठाउँछ त्यो खोलिएको छैन ।
प्रदेश सरकारकाबाट स्याउ वा रकम जे आए पनि व्यावसायिक स्याउ खेती गर्ने किसानलाई सुविधा उपलब्ध हुने भएको उनले बताए । सिमकोट गाउँपालिकाका आठवटै वडा स्याउखेतीका लागि उपयुक्त भएको र किसानसँग बिरुवा मागका लागि निवेदन माग गरेको उनले बताए ।
गाउँपालिकाले कम्तीमा १०० बोट स्याउ लगाउने गरी निवेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार