सरकार संविधान र संघीयताको मर्म विपरित : नेता सिंह
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १७:२५:५१
२५ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त्य भएको बताएका छन्। राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बनेकोप्रति चिन्ता ब्यक्त गर्दै नेता सिंहले अहिले मूल्य मान्यता भन्दा पनि पावर, मनी र मसलको प्रयोग भइरहेको बताए।
अहिले सरकार संविधान र संघीयताको मर्म विपरित हिँडेको समेत बताए। बिहीबार काठमाडौं-३१ का इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा बोल्दै नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघीयताको अनुकूल नभएको सिंहले बताए। संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक इकाइको व्यवहार गरेको भन्दै आलोचना समेत गरे।
सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको विपरित बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाइ थियो। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै उनले १३ ओैं महाधिवेशनपछि कांग्रेस कमजोर भएको टिप्पणी गरे।
१४ ओैं महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोड दिए। समय मै महाधिवेशन गर्दै कांग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उनको भनाइ थियो। सिंहले लोकतान्त्रिक दल विधानबमोजिम नचलेको भन्दै विधानसम्मत चल्नुपर्छ भनेर आफूले भनिरहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार