मानवअधिकारको लज्जास्पद अवस्थाबारे सरकार किन मौन ? कांग्रेस नेता केसी
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार २१:१९:४१
२५ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीविहिन रहेको बताउँदै नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मानव अधिकारका यावत समस्यालाई सरकारले आफ्ना विरुद्धको भाँजो नठानेर न्यायोचित समाधानको एजेन्डाको रुपमा लिनुपर्ने बताएका छन् ।
विश्व मानवअधिकार दिवस २०२० मा सबैमा अभिवादन तथा शुभकामना व्यक्त गर्दै नेता केसीले सरकार मानव अधिकार संरक्षणको दायित्वबाट पन्छिन नपाउने बताएका हुन् । मानव अधिकार भनेको जनतालाई राज्यले दिने सुविधा नभएको बताउँदै नेता केसीले, प्रत्येक व्यक्तिको मानव अधिकार तथा प्राकृतिक न्यायको विषय भएको बताएका छन् ।
“मानवअधिकार भनेको कागजमा सीमित हुने वा भाषणमा भनिने कोरा सिद्धान्तमात्र होइन, सम्पूर्ण मानवजातिको व्यावहारिक जीवनको आधारभूत र साझा मानवीय आवश्यकता र प्राकृतिक न्यायको आधार स्तंभ हो ।” कांग्रेस नेता एवं पूर्वमन्त्री केसीले जोड दिएका छन् । यो वर्ष कोभिड–१९ को विश्वब्यापी महामारीमा मानव अधिकारको अर्थ हुन्छ– सबैले महामारीबाट बच्न पाउनुपर्छ । यस्तो अवस्थामा आफ्ना जनतालाई हरेक राज्य वा सरकारले रोग र भोकबाट बचाउनु पर्ने उनको तर्क छ ।
तर दुःखका साथ भन्नुपर्छ, यसै दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपतिसमक्ष पेश गरेको बार्षिक प्रतिवेदनमा जातीय भेदभाव, जीवनको अधिकारमा चुनौती, उपभोक्ता अधिकार कुण्ठित, शिक्षा तथा स्वास्थ्य सेवाको असमान वितरण लगायत कारण नागरिकका संविधानप्रदत्त हक प्राप्तिका लागि अझै वातावण बन्न नसकेको नेता केसीले उल्लेख गरेका छन् ।
पूर्वमन्त्री केसीले श्रम शोषण, महिला हिंसा, तथा पिछडिएका र सीमान्तकृत वर्गको अधिकार संरक्षणमा राज्यले ध्यान पुर्याउन नसकेको लज्जास्पद अवस्थाबारे सरकार मौन रहेको उनको आरोप छ ।
राष्ट्रसंघको पहिलो विश्वब्यापी दस्तावेजका रुपमा, सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको आज डिसेम्बर १० को दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ । ‘महामारीमा मानव अधिकार : स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ भन्ने राष्ट्रिय आदर्श लक्ष्य र अन्तर्राष्ट्रिय रुपमा ‘अझ तन्दुरुस्त होऊ– मानवअधिकारका लागि खडा होउ’ (Recover Better- Stand Up for Human Rights) भन्ने मार्गदर्शक नाराका साथ ७२ औं मानवअधिकार दिवस मनाईंदैछ ।
“अत: आज ७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको पुनीत अवसरमा सम्पूर्ण मानव–अधिकारकर्मीप्रति हार्दिक अभिवादन गर्दै यस क्षेत्रमा प्रभावकारी योगदान पुर्याउन सबैले प्रण गरौं भन्ने प्रस्तावका साथ सम्पूर्ण नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” नेता केसीद्धारा जारी वक्तव्यमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार
ढुंगानाले पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ: आयोग
मंसिर ३, २०८१ सोमबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार