राजा र विप्लव सँगै राखौं, राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गरौं : अध्यक्ष थापा
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार २३:५४:४
२५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् ।
आज हेटौंडामा पार्टीको चुनाव चिन्ह हलो तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षिय सम्मेलन हुनुपर्ने माग गरे । उनले नेपाली जनताको अभिमतबाट, राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै बिदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए ।
नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए । गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर बिषय बुझ्दै गएको थापाले बताए ।
राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा थापाले खुशी प्रकट गरेका छन् । राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दावी गरे ।
मुलुकमा विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संबैधानिक अङ्ग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ्ग, प्रभाव, हस्तक्षेपको तिब्र आलोचना गरे । राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए । परिवर्तनपछि राजा ज्ञानेन्द्रको शालिन र मर्यादित भुमिका र व्यवहारको पनि थापाले खुलेर प्रसंशा गरे ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारिले मुलुकमा व्याप्त विकृति र विसङ्गतिका कारण विद्रोहको अवस्था र्सिजना भएको बताए । राप्रपाका युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आधिबेहरी ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेताहरु विजय खड्का, नबराज बिष्ट , बालकृष्ण कार्की, रामहरि न्यौपाने ,खिल चौलागाईं, ज्ञानेन्द्र ढुङ्गेल, गुरुप्रसाद सापकोटा र इन्दिरा पाठक लगायतले बोलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार