युनाइटेड मोदीको नगद लाभांश ३ प्रतिशतले घट्यो
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ शुक्रबार ०:३१:४२
२५ मंसिर, काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५.२६ प्रतिशन नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ६ करोड ५ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश शेयरधनीले पाउन आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेबाट ९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ४ गतेसम्म कायम शेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले गत वर्ष कम्पनीले ८.४२ प्रतिशन नगद लाभांश दिएको थियो । हाल प्रस्तावित लाभांश गत वर्ष भन्दा ३.१६ प्रतिशनले कम हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार