ओलीले बाेलाए आइतबार संवैधानिक परिषदको बैठक
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ शुक्रबार १:१७:३८
२५ मंसिर, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषदको बैठक बाेलाएका छन् । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि आउँदो आइतबार बैठक बोलाएका हुन् ।
मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको जानकारी आएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । बालुवाटार स्रोतका अनुसार, बैठक पर्सि बिहान ९ बजेका लागि तय भएकाे छ । संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि लामो सयमदेखि भागबण्डा चलिरहेका बेला ओलीले बैठक बोलाएका हुन् ।
नेकपाभित्र प्रधानमन्त्री केपी ओलीले एकलौटी हालीमुहाली गरिरहेको भन्दै पार्टीमा ठूलै लफडा चलिरहेका बेला संवैधानिक परिषदको वैठक बस्न लागेको हो । स्थायी समितिको वैठक २८ गते नै बोलाइएको बेला नेकपाका अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई थाहै नदिइ ओलीले बैठक बोलाएका छन् । यसले नेकपामा थप लफडा हुने निश्चित प्राय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा [ फोटो फिचर ]
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार