जुर्मुराउँदै झापा कांग्रेस, नेतृत्व सम्हाल्दै दमक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शनिबार ०:३४:४
![](https://nepalbahas.prixacdn.net/media/albums/congerss_6QoznpmRcd.jpg)
२६ मंसिर, काठमाडौं । लामो समयसम्म राजनीतिक गतिवधिि शुन्य अवस्थामा देखिएको नेपाली कांग्रेसको सिंगो नेतृत्व अहिले भने बिस्तारै जुर्मुराउन थालेको छ । सरकारका गलत रबैया र जनताका अनगिन्ती समस्याहरुमा मौन बसेको कांग्रेस अब भने जनताको घरदैलो मैं पुग्ने भएको छ । जनताका साझा सवालमा आफ्नो उपस्थिति जनाउने भएको छ ।
बिगत ३ बर्षदेखि निरन्तर सत्ताको उन्मादमा पौडिरहेको नेकपाको सरकारद्धारा नागरिक माथिको बर्बर दमन र चरम भ्रष्टाचारको श्रृङ्खलाले आजित नेपाली जनताहरु बिस्तारै सडकमा आउन थालेपछि नेपाली कांग्रेस पनि जनतामा जान जुर्मुराएको हो ।
वर्तमान सरकारकै कारण नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकारहरु समेत गुम्ने अवस्था सृजना हुँदै जाँदा जनतामा थप नैराश्यता उत्पन्न हुने खतरा पनि अहिले बढदै गैरहेको छ । जनतामा चरम निराशा सृजना हुनुका साथै बिस्तारै बिकल्पको खोजी गर्न समेत थाल्ने कुराको आभाष प्राप्त भएपछि नेपाली कांग्रेसले मंसिर २९ गते देशब्यापी रुपमा एकैपटक बिरोधका कार्यक्रमहरु गर्न लागेको हो ।
देशव्यापी बिरोधर्याली र व्यापक शक्ति प्रदर्शनसहित वर्तमान सरकारको गलत रबैया, नागरिक दमन, मुलुकमा फस्टाएको चरम भ्रष्टाचार, बेथिति, नेतृत्वमा देखिएको राजनीतिक बेईमानी, ढिलासुस्ती, कालोबजारी, कृतिम अभाव, किसान, मजदुर लगायतले भोग्नु परेका यावत समस्याहरु आदिको बिरोधको रुपमा गर्न लागेको बुझिएको छ । जनताले अत्यन्तै विश्वास र भरोसाका साथ झण्डै दुईतिहाई बहुमत दिएर देश बनाउन पठाएका नेकपाका नेताहरुको ३ बर्षको कामको समिक्षा समेत प्रमुख प्रतिपक्ष दल भएका नाताले नेपाली कांग्रेसले गर्नु परेको हो ।
सरकारका गलत कार्यका बारेमा आम नागरिकलाई सूसुचित गराउँदै दह्रो खबरदारी गर्न नसक्ने हो भने नेपाली कांग्रेसको आवश्यकता पनि जनतामा बिस्तारै हराउँदै जानसक्छ । वर्तमान राजनीतिक धरातललाई सुक्ष्म बिश्लेषण गर्दा तमाम नेपाली नागरिकहरु सरकारले के गर्ला भन्दा पनि नेपाली कांग्रेसले के भन्ला ? भनेर पर्खिरहेका छन् ।
वर्तमान नेतृत्वकै कारण देशमा बिस्तारै राजावादी शक्तिहरु समेत एकताबद्ध बन्दै सडकसम्म आईपुगेका छन् । सडकमा देखिएको जनलहरलाई पनि नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले सही तरिकाले बुझेको हुनुपर्छ । वर्तमान नेकपाको सरकार जनताको सरकार बन्न सकिरहेको छैन् । सरकार जनताका काममा भन्दा बढी भ्रष्टचारीहरुका भेलामा र ठेकेदारहरुको मेलामा देखिन थालेको छ । आफ्नै सरकार जोगाउन समेत हम्मेहम्मे परिरहेको वर्तमान नेकपाको सरकारबाट अब नागरिकका समस्या र सवालमा काम हुन्छ भनेर आशा राख्नु पनि गलत हुनेछ ।
वर्तमान सरकारले नेतृत्व लिए पश्चात देशमा व्यापक भ्रष्टाचारहरु बढीरहेका कुराहरु वर्तमानका घटनाक्रम तथा बिभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघसंस्थाहरुबाट प्रकाशित तथ्यांकगत आँकडाहरुले पनि देखाई रहेका छन् । सरकार बेलगाम घोडाको रुपमा जथाभावी दौडिरहेका बेला उसलाई सही ट्याकमा ल्याउनु पनि प्रमूख प्रतिपक्ष दलको मुख्य जिम्मेवारी हो ।
यसै सन्दर्भको पेरिफेरीमा रहेर आगामी मंसिर २९ गते नेपाली कांग्रेसले देशव्यापी बिरोध कार्यक्रमको आयोजना गर्दैछ । यता झापामा पनि नेपाली कांग्रेसले व्यापक जनसहभागिताका साथ उक्त कार्यक्रम गर्न लागेको दमक कांग्रेसका नगर सभापति रोशन बिष्टले नेपालबहस डटकमलाई बताएका छन् ।
यसका लागि मंसिर २४ दमक नगर समितिको आयोजनामा भएको बैठकमा नगर समितिसहित पार्टी सम्बद्ध बिभिन्न भातृ संस्थाहरुको संयुक्त बैठकले मंसिर २९ गतेको कार्यक्रमलाई सफल बनाउन दमकका १० वटै वडाहरुमा ब्यापक सूचना प्रवाह गर्ने निर्णय गरेको छ । दमकबाट व्यापक जनसहभागिता गराउँदै झापामा हुने बिरोधर्याली पूर्णरुपमा सफल बनाउन दमक कांग्रेस अत्यन्तै सकृयताका साथ लागि परिरहेको पनि नगर सभापति बिष्टले बताए ।
झापा जिल्ला नेकपाको ठूलै शक्तिका रुपमा रहेको, त्यसमा पनि दमक स्वयं प्रधानमन्त्री केपी ओलीको गृहनगर भएका कारण पनि हामीले २९ गतेको कार्यक्रमलाई अत्यन्तै महत्वका साथ लिईरहेका छौ र दमकबाट हामी बृहद शक्ति प्रदर्शन गर्ने तयारीमा छौं, नेपाली कांग्रेसका युवानेता पर्शुराम रिजालले नेपालबहस डटकमलाई बताए ।
यसका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु मात्र हैन सरकारको खबरदारी गर्ने सबै झापाबासी दाजुभाई दिदीबहिनीहरुलाई मंसिर २९ गते बिहान ११ बजे हुने बिरोधर्यालीमा सहभागी भई कार्यक्रम भब्यरुपमा सफल पार्नका लागि आव्हान गरिएको समेत नेता रिजालले नेपालबहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार