सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा, काे नेता कहाँ जाँदै ?
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २०:२१:५६
२६ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी सोमबार वर्तमान सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । यस प्रयोजनका लागि पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जिल्ला खटाएको छ । पार्टी सभापति शेरबहादुर देउवा सोमबार सरकारविरोधी आन्दोलनको नेतृत्व गर्न बाग्मती प्रदेश राजधानी हेटौंडा जाँदैछन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय राजधानी काठमाडौंको नेतृत्व गर्ने भएका छन् ।
गएको मंसिर १७ गते वरिष्ठ नेता पौडेलमाथि तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सरकारी भिजिलान्तेहरुले दुर्व्यहार गरेका थिए । एउटा पुल उद्घाटजन गर्न गएका नेता पौडेलमाथि प्रहरीले बल प्रयोग गरेको थियो । सोही कार्यक्रमको विरोध स्वरुप कांग्रेसले सोमबार देशव्यापी रुपमा सरकारको विरोधमा प्रर्दशन गर्ने भएको छ ।
अन्य जिल्लाका लागि समेत केन्द्रले नेताहरु खटाएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । पार्टी उपाध्यक्ष विमलेन्द्र निधिले भक्तपुुरमा आयोजित विरोधसभालाई संवोधन गर्ने छन् । यस्तै महामन्त्री डा. शशांक कोइरालाले विराटनगरको कार्यक्रममा सहभागिता जनाउनेछन् । कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको नेतृत्व गर्ने जानकारी प्रवक्ता शर्माले दिए ।
साथै, पूर्व महामन्त्री प्रकाशमान सिंह जनकपुर पुग्नेछन् भने कृष्णप्रसाद सिटौलाले महोत्तरीको विरोधसभालाई नेतृत्व गर्ने भएका छन् । उक्त विरोधसभामा कांग्रेसले सरकार विरोधी नारासमेत तय गरेको प्रवक्ता शर्माले बताए । हामीले विभिन्न १० वटा नारा तय गरेका छौं, सोही बमोजिम विरोध हुनेछ– उनले भने ।
कांग्रेसले तय गरेको नारामा सर्वसत्तावादी ओली सरकार – मुर्दाबाद, मुर्दाबाद, तनहुँमा भएको दुर्व्यहार–अपमान र अत्याचार,बढ्यो महिला हिंसा र बलात्कार–अकर्मण्य भो ओली सरकार,चारैतिर भ्रष्टाचार– जनताले चिन्यो ओली सरकार, अति भो अति भो–मुलुककै छवि क्षति भो जस्ता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार