नेपालमा कोरोना निको हुने दर बढ्दो
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २०:२६:२४
२६ मंसिर, काठमाडौं । नेपालमा कोरोना निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९।३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४ दशमलव २ प्रतिशत पुगेको छ ।
विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् ।
नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्र्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । “अहिले उपचार सेवा पनि राम्रो भएको छ”, उनले भने, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो ।” गत असोज २८ गते ६८ दशमलव ८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०।६, कात्तिक १६ गते ७७।६ र कात्तिक २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए ।
यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२ दशमलव ९, २० गते ९३।४, २१ गते ९३ दशमलव ७, २२ गते ९४, २३ गते ९४ दशमलव १ र २४ गते ९४ दशमलव ३ प्रतिशत सङ्क्रमित निको भएका छन् ।
बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४।२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे ।
सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउँछन् । “अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उहाँले भन्नुभयो, “अस्पताल आएर उपचार गराउनेको सङ्ख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो ।”
यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ० दशमलव ६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६ दशमलव ५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ ।
विश्वमा २ दशमलव ३ प्रतिशत सङ्क्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको सङ्क्रमणको कारणले निधन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार