डोटीका ग्रामीण सडकमा राति गाडी चलाउन बन्द
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २२:४८:४६
२६ मंसिर, डोटी । ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा दुर्घटना बढेको भन्दै डोटीमा रातिको समयमा गाडी चलाउन बन्द गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी डोटीले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको ६ बजेदेखि बिहान ६ बजेसम्म गाडी चलाउन बन्द गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई आज एक ज्ञापनपत्र बुझाएको छ ।
विद्यार्थीले ग्रामीण सडकमा राति समयमा गाडी चलाउन बन्दको मागसहित ज्ञापनपत्र पेश गरेसँगै अहिले यहाँका ग्रामीण सडकमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरी रोक लगाएको छ ।
जिल्लामा राति सञ्चालन भएकै कारण एक हप्ता पहिले बोगटान फुड्सिल गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको र रातिको समयमा ग्रामीण सडकमा गाडी चलाउने कार्य तत्काल बन्द गर्न माग गर्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी संयोजक डबल बोहराले बताए ।
उनले भने, “यहाँका ग्रामीण सडक रातिको समयमा गाडी चलाउन उपयुक्त छैनन्, जति दुर्घटना भएका छन्, सबै दुर्घटना राति नै भएकाले त्यसलाई रोक्न रातिका समयमा गाडी चलाउन बन्द गर्न हामीले माग गरेका हौँ ।”
प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा रहेका सबै ग्रामीण सडकमा रातिको समयमा कुनै पनि मालबाहक तथा यात्रु बोक्ने सवारी साधन जीप सञ्चालन कार्य तत्काल बन्द गर्न सम्बन्धित प्रहरीलाई निर्देशन दिएको र नियमको अटेर गरी गाडी चलाउनेलाई कारवाही गरिने बताए । उनले भने, “रातिको समयमा ग्रामीण सडकमा गाडी चलाउन रोक लगाउन भनेको छु, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।”
राति गाडी चलाएकै कारण जिल्लामा एक वर्षको अवधिमा करिब १२ वटा ठूला सवारी दुर्घटना भई २० जनाको ज्यान गइसकेको र २५ जनासम्म गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यसैगरी जिल्लामा गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा समितिले तोकेकोभन्दा बढी भाडा लिने सवारी साधनलाई पनि कारवाही गर्न माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय
असार १६, २०८१ आइतबार
कैलालीमा रगतको मौज्दात घट्दै
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार