कम्युनिष्ट किन भ्रष्टाचार गर्छन् ?
विनोद त्रिपाठी
मंसिर २७, २०७७ शनिबार १७:११:३२
नेकपाका सचिवालय सदस्य नारायण काजी श्रेष्ठ सम्मिलित एक भिडियो बाहिरिएपछि उनीमाथि आर्थिक र नैतिक प्रश्न उठेको छ । जनताले उनीमाथि चौतर्फी प्रश्न बर्साइरहेका छन् । पटक पटक मन्त्री भएका कम्युनिष्टका अर्का नेता ईश्वर पोखरेलले पानी ट्यांकीभित्र अर्बौं रकम लुकाएको घटना अझै सेलाएको छैन । अहिले नेपालको राजनीतिमा यस्ता कम्युनिष्ट अनुहारहरु हजारौं छन्, जाे जनताका लागि भुत जस्ता कुरुप लाग्न थालेका छन् । नेपालको राजनीति आकाशमा फर्केर हेर्ने हो भने कुन कम्युनिष्ट अनुहार तपाईं चोखो अर्थात इमान्दार पाउनुहुनेछ ? लेखको पेटारो यहिंबाट खोतलौँ ।
विश्व कम्युनिष्टमा भ्रष्टाचार र अपराध
विश्वमा राजाहरूको शासनपुर्व सामाजिक प्रणाली थिएन । सन १६०० सम्म विश्वभर राजाहरूको शासन थियो । संसारलाई सामाजिक न्यायको सिद्धान्तमा बस्ने वातावरण राजाहरूले गरेका थिए । सन् १६०० पछि बिश्वका समुदायमा युद्ध चर्कियो । राजाहरू विरुद्ध एक देशपछि अर्को हुँदै आन्दोलनहरू चर्कँदै गयो । रुसका जार शाहदेखि चीन र भारतका विभिन्न रजौटाहरु बिरुद्ध आवाज उठ्न थाल्यो । जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेनिस र ब्रिटिसले करिब बिश्वभरि पकड जमाइसकेको थियो ।
यही ताका धेरै देशका राजाले धमाधम गद्धी छोड्न थालिसकेका थिए । चीनका पहिलो गणतान्त्रिक राष्ट्रपति सन्यात सेनको उदय त भयो, तर कम्युनिष्टहरुले उनको पार्टी नै विलिन बनाइदिए । सन १९२३ सम्म सन्यात सेनको पार्टीलाई कम्युनिष्टले प्रतिबन्ध लगाइदियो । चीनमा राजा शासनको अन्त्य गराउन सन्यात सेनको भुमिका अब्बल छ । १८२० देखि माओत्सेतुंगको उदयपछि अन्य प्रजातान्त्रिक पार्टीहरू हराउँदै गए । गणतन्त्र चीनलाई अहिलेसम्म कम्युनिष्टले एकछत्र शासन चलाएको छ । भनिन्छ, चीनको उदय र विकास हुनुमा कम्युनिष्टको नभई सन्यात सेनको सामाजिक जग प्रमुख हो ।
पुर्वी एशियाका फिलिपिन्स, कम्बोडिया, मंगोलिया, भियतनाम, थाइल्याण्ड, मलेशिया लगायतमा धमाधम राजाहरु फाल्दै कम्युनिष्टको उदय हुन थाल्यो । उता, रुस, जर्मनी लगायतका देशहरु कम्युनिष्ट देशमा रुपान्तरण हुँदै थिए । दक्षिण अमेरिका, अफ्रिका र दशिण एशिया भरि कम्युनिष्टको जग बसिसकेको थियो । यसरी, विश्वभर कम्युनिष्टले राजाहरु फाल्दै धमाधम क्रुर शासन चलाउन थाले ।
सन १९०० को मध्यतिर, थाइल्याण्ड, स्पेन लगायतका देशहरुले राजतन्त्र फर्काउन सफल भए । तर, जुन देशहरुमा राजतन्त्र फर्कन सकेन, त्यहाँ लामो समयसम्म जनताको रगतको खोलो बगिरह्यो । यो बिचमा चीन बाहेक विश्वका सबै कम्युनिष्ट देशहरु कंगाल बनिसकेका थिए । भ्रष्टाचार यति व्याप्त भयो कि कसैले भ्रष्टाचारको आवाज उठाउने वित्तिकै उसले मृत्युदण्ड भोग्थ्यो । त्यसैले, त्यसताका कम्युनिष्ट शासनलाई भ्रष्टाचारी र अपराधी शासकको रुपमा चित्रण हुन थाल्यो ।
सन १७०० सम्म विश्वभर राजाहरुमा आएको बदलावले देशहरु बीच युद्ध शुरु हुन थाल्यो । युरोपका देशहरु आँफै भित्र भिड्न थाले । ठूला देशले साना देशलाई खर्लप्प निल्न थाले । युद्धले बिश्वलाई सन १८०० को मध्यतिर अशान्त मच्चायो । यहि बेलाको विश्वमा कम्युनिष्ट उदयले आर्थिक अपचलन र अपराधका श्रृंखला चलाएको थियो । त्यो बेला, कम्युनिष्टको प्रभाव विश्वभरि फैलिन शुरु भइसकेको थियो । र पछि सन १९०० शताब्दीको अन्तसम्म विश्वभर कम्युनिष्ट राज चल्न थाल्यो । नेपालमा यहि बेला पृथ्वीनारायण शाहले पनि बाइसे, चौबिसे राज्य एकीकरण गरेर सिंगो देश नेपाल निर्माण थाले ।
अहिले बिश्वमा जम्मा ४ देशमा कम्युनिष्ट शासन छ । उत्तर कोरिया, क्युवा, भियतनाम र चीन । आधा दर्जन देशहरुमा प्रजातान्त्रिक शक्तिमा रुपान्तरित कम्युनिष्टहरुको शासन चल्छ । भेनेजुएला पनि यस्तै अर्ध कम्युनिष्ट मुलुक हो ।
युद्धले बिश्व तहसनहस भएपछि सन १९४५ मा भ्रष्टाचार, युद्ध र अपराध नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघको जन्म भयो । धेरै कम्युनिष्ट नेताहरु भ्रष्टाचारमा मुद्धा चलाइए । युद्ध अपराधमा जाकिन थाले । यसको एक बर्षपछि अन्तराष्ट्रिय अदालत स्थापना गरियो । युएन स्थापनाको एक बर्षपछि यो अंग सुुरु गरिएको हो । संयुक्त राष्ट्रसंघले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत नेदरल्याण्डको हेग शहरमा राखियो । जुन देशमा कम्युनिष्टको नामोनिशान थिएन, त्यो देश बिस्तारै समृद्धितर्फ अघि बढ्दै गए ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने सन १९०० पछि बिश्वमा धेरै कम्युनिष्ट शासकहरु अपराध र भ्रष्टाचारमा कारवाही भोगिसकेका छन् । सबैभन्दा कारवाही कम्बोडियाका कम्युनिष्ट नेताहरुले भ्रष्टाचार र अपराधमा सजांय भोगे ।। पोलपोट कम्युनिष्ट क्रान्तिकारीका महासचिव थिए १९६३ ताका । यिनको समुह खमेरुजमा लाग्ने धेरैले भ्रष्टाचारमा कारबाही भोग्नु पर्यो । खाईयु साम्फान जो तत्कालिन कम्युनिष्ट पार्टी अफ कम्पुचियाका अध्यक्ष थिए १९६७ देखि १९८१ सम्म उनको सम्पति छानविन गरेर सार्बजनिकरण गरियो ।
खमेरुजका चारजना वरिष्ठ नेताहरुलाई ४० बर्षपछि अपराध र भ्रष्टाचारमा अन्तराष्ट्रिय अदालतहरुमा मुद्धा हालियो । पोलपोटका यी उत्पादन नेताहरुले विश्व बेइज्जत मात्र सामना मात्र गर्नु परेन, राजनीति र ब्यक्तिगत जीवन नै समाप्त गरिदियो । पोलपोटको १९९८ मा मृत्यु भइसकेको थियो । यो बेला कम्बोडियामा कम्युनिष्टको अत्याचार यति बढ्यो कि जनताले भ्रष्टाचारको कुरा उठाउने वित्तिकै कम्युनिष्ट शासकले मारिहाल्थे । १९७५ देखि १९९० मा कम्बोडियाको कम्युनिष्ट हिंसाले २० लाख बढीको ज्यान गएको थियो ।
सबैलाई थाहा छ, कम्युनिष्ट नेताहरु बोल्न सिपालु हुन्छन् । मिठो बोल्छन् । पहिले पहिले कम्युनिष्टहरु साधारण पहिरन लगाउँथे र भन्ने गर्थे, ‘भड्किलो हुन हुँदैन है ।’ उनीहरुको यो आवरणले निमुखा जनता तुरुन्त प्रभावमा परेर कम्युनिष्टका पछि लाग्थे । जनताको शक्ति प्राप्त भएपछि सबैभन्दा भोगविलास र भ्रष्टाचार कम्युनिष्टले गर्छन् भन्ने उदाहरण माथि उल्लेखित विश्वका धेरै देशबाट पुष्टि भइसकेको छ ।
भ्रष्टाचार र अपराधमा जेलिएको पोलपोटको ४० बर्षको कठोर कम्युनिष्ट शासनलाई जनताले समाप्त पारिदिए । यो कम्युनिष्टको शासनभर २० लाखको हत्या, देशको आधा जनसंख्या बिस्थापित, बढ्दो भ्रष्टाचार, ब्यापक रोगब्याधी, भोकमरीले कम्बोडिया चिहान जस्तै बन्न पुगेको थियो ।धेरैलाई थाहा नहुन सक्छ, सन १९०० को मध्यतिर रुसी कम्युनिष्टको प्रभावमा अफगानिस्तानदेखि धेरै मुस्लिम देशहरुमा कम्युनिष्ट राज थियो । रक्तपातको शूरवात र भ्रष्टाचारको कलंकले अफगानिस्ताले आतंकवादी समुह मात्र जन्मायो । तर, अहिलेसम्म ती देशहरुमा कम्युनिष्टले बसाएको भ्रष्टाचारको जगले जनतामा अझै रुवाबासी कायमै छ ।
अहिले बिश्वमा जम्मा ४ देशमा कम्युनिष्ट शासन छ । उत्तर कोरिया, क्युवा, भियतनाम र चीन । आधा दर्जन देशहरुमा प्रजातान्त्रिक शक्तिमा रुपान्तरित कम्युनिष्टहरुको शासन चल्छ । भेनेजुएला पनि यस्तै अर्ध कम्युनिष्ट मुलुक हो । नेपालमा कम्युनिष्ट दलको सरकार र राजनीति आघिपत्य भएको ७२ बर्ष पुगिसकेको छ । नेपाली कम्युनिष्टले नेपालको राजनीतिमा सात दशकदेखि कब्जा जमाएका छन् । र यो अबधिमा नेपाल चरम गरिबीमा धकेलियो र जनता झन् झन् गरिब हुँदै गए ।
बि.सं. २०३० सालतिर बिश्वका आधा मुलुकहरुमा कम्युनिष्ट शासन थियो । जति कम्युनिष्ट शासनको जडतामा जकडिए, ती देश गृहयुद्धमा फसिरहे । भ्रष्टाचारमा जाकिए । जस्तै दक्षिण अमेरिकी मुलुक पेरु । पेरुलाई सधैं कम्युनिष्ट आन्दोलनले डिस्टर्व गर्यो । पेरुमा न कम्युनिष्ट शासन आयो न अन्य दलले राम्रोसँग सरकार चलाउन पाए । यो मुलुक अमेरिकी देशहरुमा अझै निकै कमजोर अवस्थामा छ । यो देशमा अहिले पनि दिउँसै सडकमा मानिसको हत्या भइरहन्छ । कम्युनिष्ट शासनबाट अपवादमा चीन बाहेक कुनै मुलुकको प्रगति हुन सकेन । रुस पनि १९९१ मा कम्युनिष्ट शासन अन्त्यपछि खुल्ला बजार अर्थनीति र अर्ध प्रजातान्त्रिक ब्यबस्थाले बल्लतल्ल तंग्रिन थालेको छ ।
यसरी, कम्युनिष्टहरु शहरीकरणमा रुपन्तरण हुँदै गएपछि भोगविलासमा समाहित हुन पुगेकाे इतिहासले प्रमाणित गरिसकेको छ । यहि भोगविलासलाई परिपुर्ति गर्न कम्युनिष्टहरुले आर्थिक संकलन तिब्र बनाउन थाले । आर्थिक संकलन गर्नका लागि भ्रष्टाचार, घुसखोरी र दलाली प्रक्रियामा उनीहरु घुलिन हुन थालेका तथ्यहरु छन् ।
कम्युनिष्ट शासनको बेला रुस बिश्वमै एक नंबर शक्तिशाली त बन्यो । तर, जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य अधिकारहरुमा बिश्वमै चौपट खराब बन्दै गएको थियो । खैर, बिश्वमा चलिरहेको करिब सय बर्षको कम्युनिष्ट शासनको अन्त्य र रुपान्तरण अहिले निकै खराब बनेर समाप्तीतिर पुगेको छ । यसैलाई नेपाल जस्तो मुलुकले पछ्याउनु यो जस्तो हाम्रो दुर्भाग्य अरु के हुन सक्छ ? ४० को दशकतिर, विश्वबाट कम्युनिष्ट समाप्त भयो भने कम्युनिष्टले स्थापना गरेका विभिन्न आतंकवादी समुहहरुले अझै अराजकता फैलाइरहेको छ, इस्लामिक समुहहरुका नाममा ।
कम्युनिष्टको भोगविलास र भ्रष्टाचार
सबैलाई थाहा छ, कम्युनिष्ट नेताहरु बोल्न सिपालु हुन्छन् । मिठो बोल्छन् । पहिले पहिले कम्युनिष्टहरु साधारण पहिरन लगाउँथे र भन्ने गर्थे, ‘भड्किलो हुन हुँदैन है ।’ उनीहरुको यो आवरणले निमुखा जनता तुरुन्त प्रभावमा परेर कम्युनिष्टका पछि लाग्थे । जनताको शक्ति प्राप्त भएपछि सबैभन्दा भोगविलास र भ्रष्टाचार कम्युनिष्टले गर्छन् भन्ने उदाहरण माथि उल्लेखित विश्वका धेरै देशबाट पुष्टि भइसकेको छ । नेपालमा पनि कम्युनिष्ट आन्दोलन ताका जनता यहि भ्रममा थिए र कम्युनिष्टको जगलाई माथि उठाइदिए । आज, त्यो इतिहासदेखि वर्तमानसम्म कम्युनिष्ट नेताहरुको भोगचलन सम्पति र उग्रंदो दिनचर्यालाई नियाल्ने हो भने अब प्रत्येक कम्युनिष्ट नेताहरुले मृत्युदण्ड भोग्नैपर्छ । यो सजाय जनताको सिफारिसमा हुनैपर्छ ।
यहाँ भन्न खोजिएको खास अर्थ के हो भने अन्य राजनीतिक बिचारधारा बोकेकाहरु भ्रष्टाचार गर्दैनन् भन्ने होइन । तर, तुलनात्मक रुपमा जनताका आंखामा कसरी कसिंगर हालेर कम्युनिष्टले देश लुट्छन् भन्न खोजिएको मात्र हो । विसं २००६ सालमा नेपालमा कम्युनिष्ट उदय भएपछि गरिब अभिभावकका छोराछोरीहरु नेता बन्न थाले । खासगरि, पहाडी र मधेशी समुदायका विपन्न परिवारका सदस्यहरु । उनीहरुले शासकका बिरुद्ध आन्दोलन मात्र गरेनन्, सांस्कृतिक विचलन ल्याएर समाज भित्रको रीतिरिवाजलाई भड्काइदिए ।
विपन्न गाउँको कम्युनिष्ट छोराले धनाढ्य काठमाडौंको नेवारको छोरी विवाह गर्नेदेखि नेपाली संरचनागत मान्यताहरुलाई तहसनहस पार्दे गए । फलस्वरुप, कम्युनिष्टको पहिलो प्रभाव उपत्यका भित्र पर्न गयो र ठुलो संख्यामा नेवारहरु कम्युनिष्ट बन्न थाले । यहाँ, विचारणीय कुरा के छ भने शाहबंशसँगको दुश्मनीलाई कम्युनिष्टको सहानुभुतिमा उपत्यकाका नेवारहरु कम्युनिष्ट भासमा जाकिंदै गए । भनिन्छ, काठमाडौंका नेवारहरुले कम्युनिष्टलाई साथ नदिएको भए, संभवत, अहिलेसम्म नेपालको शासन सत्तामा कम्युनिष्ट पुग्न सक्ने थिएन ।
जब, कम्युनिष्ट नेता र समर्थकको टावर ठडिंदै जान्छ, तब जनताका घरका छानाहरु प्वाल परेर तपतप पानी चुहिने गर्छन् । दलिनहरु मक्किएर जनताका छोराछोरी अभावग्रस्त बोझले थिचिन्छन् । हिजो विश्व कम्युनिष्टले जे जे अपराध गर्यो, आज नेपालको कम्युनिष्टले त्यहि त्यहि अपराधशैली पछ्याइरहेको छ ।
यसरी, कम्युनिष्टहरु शहरीकरणमा रुपन्तरण हुँदै गएपछि भोगविलासमा समाहित हुन पुगेकाे इतिहासले प्रमाणित गरिसकेको छ । यहि भोगविलासलाई परिपुर्ति गर्न कम्युनिष्टहरुले आर्थिक संकलन तिब्र बनाउन थाले । आर्थिक संकलन गर्नका लागि भ्रष्टाचार, घुसखोरी र दलाली प्रक्रियामा उनीहरु घुलिन हुन थालेका तथ्यहरु छन् । यसैको फलस्वरुप आज, दुर्गम भेगबाट राजनीति गर्न शहर पसेको कम्युनिष्ट शहरियाको ज्वाँई मात्र बनेन, देशकै चर्चित कम्युनिष्ट भ्रष्टाचारी बनेर चिनिरहेको छ । यसैका, पछिल्ला उदाहरण हुन्, अविवाहित बनेर विवाहितको अनुभव संगालिरहेका नेता नारायणकाजी श्रेष्ठ ।
भनिन्छ, कम्युनिष्टको सबैभन्दा अब्बल गुण नै ढोंगीवाद हो । उनीहरु, कुरा मिठा गर्छन् । अर्ति–उपदेश कन्चन दिन्छन् । व्यवहार सरल गर्छन् । तर, उनीहरुको अन्तर्य भने ठिक विपरित हुन्छ । उदाहरणकै लागि तपाईं हाम्रा वरपर भएका कम्युनिष्ट नेता वा समर्थकलाई नियालौं । पहिला उ साधारण कपडा लगाउँथ्यो । हेर्दे के घुस खाला जस्तो अनुहार देखिन्थ्यो । उ कति सरल र मिजासिलो पनि थियो । आज उसको बोली मिठास होला वा नहोला, तर उस्को चम्किलो कोटले जनतालाई पोलेको छ , उ कम्युनिष्ट नेता हो । उसको बुटको आवाजले जनतालाई रुवाएको छ, उ कम्युनिष्ट समर्थक हो । कम्युनिष्टको भोगविलासले जनतालाई कंगाल बनाएको छ ।
अब त तपाईंले हेर्दाहेर्दे उसले तपाईंकै घर नजिक टावर ठडाइदिएको छ । जब, कम्युनिष्ट नेता र समर्थकको टावर ठडिंदै जान्छ, तब जनताका घरका छानाहरु प्वाल परेर तपतप पानी चुहिने गर्छन् । दलिनहरु मक्किएर जनताका छोराछोरी अभावग्रस्त बोझले थिचिन्छन् । हिजो विश्व कम्युनिष्टले जे जे अपराध गर्यो, आज नेपालको कम्युनिष्टले त्यहि त्यहि अपराधशैली पछ्याइरहेको छ ।
त्यसैले त हामी, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठहरु जन्माइरहेका छौं । किनकी, कम्युनिष्टहरु ढोंगीवादलाई मुटु भित्र राखेर शीरमा मृत्युको कफन भिर्ने गर्छन् । अरुको मृत्युमा अट्टहांस गर्दे क्रान्तिका गीत गाउने कम्युनिष्टहरुको असली चरित्र भोगबिलास हो । भोगबिलासलाई उनीहरु भाषणले छोप्छन् । फलस्वरुप कम्युनिष्टहरुको अन्तरहृदयको मुलमन्त्र भ्रष्टाचार र अपराध नै हो । त्यसैले, कम्युनिष्टहरु भ्रष्टाचारी हुन्छन् । जो सदाचारी हुन्छ, त्यो कहिल्यै कम्युनिष्ट हुनै नसक्ने कम्युनिष्टकै इतिहासले पुष्टि गरिसकेको छ ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपबीपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
पुष १६, २०८१ मंगलबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार