तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार १२:१६:७
वि.सं. २०७७ साल मंसिर २८ गते । आईतबार । इ.स.२०२० डिसेम्बर १३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– चतुर्दशी,२४ बजेर १४ मिनेट उप्रान्त औशी । नक्षत्र–अनुराधा,२५ बजेर ५३ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा,०८ बजेर २६ मिनेट उप्रान्त धृति । करण–भद्रा,१३ बजेर ३० मिनेट उप्रान्त शकुनी,२४ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेटमा, सूर्यास्त १७ बजेर ०८ मिनेटमा । दिनमान २५ घडी ५३ पला । बाला–चतुर्दशी। बालाचह्रेपूजा। शिवालय परिसरमा शतबीज छर्ने दिवस।
मेष :-(‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’)
आफन्त तथा चेलीमाईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ, ध्यान दिनुहोला । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउने छ ।
बृष:- (‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’)
व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामोदुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पति तथा बिलाशी बस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पतिपत्नी बीच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।
मिथुन :-(‘का,की,कू,घ,ङ,छ,के,को,हा’)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने छ, भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ ।
कर्कट:-(‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’)
सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अली बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ, मायाप्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ ।
सिंह:- (‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’)
अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिश्पर्धीहरु हावी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
कन्या:- (‘टो,पा,पी,पु,ष,ण,ठ,पे,पो’)
उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
तुला:- (‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’)
वातावरण तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ । बिद्यामा अरुभन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । तरपनि सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ ।
बृश्चिक :- (‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’)
नयाँ प्रविधिको प्रयोग गरि व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मानसम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
धनु:- (‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’)
न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामोदुरीको वैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने मायाप्रेममा एक अर्का बीच बैमनस्यता बढ्नेछ । घरभित्रकै मानिसहरुबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला ।
मकर :-(‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’)
अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
कुम्भ:- (‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’)
सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपुर्ण कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदढड हुनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुभन्दा निकै नै अगाडी बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ ।
मीन:- (‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’)
सरकारी तथा प्रशासनिक काममा कमजोर उपस्थिति रहनेछ भने सरकारी ओहोदामा रहेकाहरुले समयमा काम गर्नेहरुले महत्वपूर्ण अवसरहरु गुम्नेछन् । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाती रहनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय खर्चिए सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । घरेलु कामहरुको चापले गर्दा बाहिरी क्षेत्रमा सामेल हुन नसकिने ग्रहयोग रहेकोछ । तपाईको दिन शुभ रहोस !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार