आज नेकपाको स्थायी कमिटी बैठक बस्दै, ओली सहभागी हुने
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार १२:२९:४
२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को स्थायी कमिटी बैठक आज ‘आइतबार’ दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने भएका छन् ।
मंसिर २१ मा धुम्बाराहीमै बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली दुईपन्ने पत्र पठाएर अनुपस्थित भएका थिए । स्थायी कमिटीको बैठक मंसिर २१ गते केहीबेर बसेर २८ गते बस्ने गरी टुंगिएको थियो । त्यसो त २१ गतेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने भनिएपनि तर, अन्तिम समयमा उनी सहभागी भएनन् र ईश्वर पोखरेलमार्फत पठाइएको पत्र बैठकमा वाचन भएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बैठक बस्न सुरक्षा थ्रेट रहेको बताएका थिए । त्यही कारणले गर्दा मंसिर २१ गते कार्यालयमा सुरक्षाकर्मीहरुको बाक्लो परिचालन गरिएको थियो । यस्तै मंसिर २१ यता सहमति खोज्नका लागि शीर्ष तहमा अनौपचारिक छलफलसमेत गरिने नेताहरुले बताएका थिए । यो एक साताको अवधिमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच एक्लाएक्लै भेटवार्ता पनि भयो । तर, त्यो भेटवार्ताले कुनै सहमति जुटेन।
मंसिर २४ गते बालुवाटारमा भएको दुई अध्यक्षवीचको भेटवार्तामा प्रधानमन्त्री ओलीले माधव नेपालको विरोध गर्दै प्रचण्डलाई आफूसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए । स्थायी कमिटी बैठकमा केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्रहरु प्रस्तुत भएका छन् । स्थायी कमिटी सदस्यहरुलाई ती पत्रहरु पढेर आउन भनिएकाले आजदेखि नेताहरुले बैठकमा बोल्ने क्रम सुरु हुने एक नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार