घाँस दाउरा र चुलोचौकामा सीमित महिला कम्युटर तालिममा सहभागी
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार १२:५०:१६
२८ मंसिर, खोटाङ । महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ । समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि वडा नं १० अर्खौलेका ६४ महिलालाई तीनमहिने आधारभूत कम्प्युटर तालिम दिइएको हो ।
अधिकांश महिला लक्षित बजेटलाई सिलाइ-कटाइ, बुनाइजस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभूत कम्युटर तालिम दिइएको नगरपालिकाका उपप्रमुख विमला राईले बताए । कम्युटरसम्बन्धी महिलाको क्षमता र दक्षता अभिवृद्धिका लागि महिला लक्षित कार्यक्रमअन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्युटर तालिम बिहीबार समापन गरिएको छ ।
महिलाका लागि विनियोजित रु चार लाखमध्ये दुई लाखमा चार वटा कम्युटर र एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजना गरिएको थियो । हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा र चुलोचौकामा सीमित महिला उत्साहित बनेका छन् ।
उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता हासिल गरेका छन् । कम्प्युटर सिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए । ‘महिलालाई सधैँ सिलाइ-कटाइजस्ता तालिम दिने गरिएको तर, नयाँ–नयाँ प्रविधिका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिमको आयोजना गरिएको उपप्रमुख राईले बताए । केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनका क्रममा पनि कम्युटरसम्बन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख राईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार