बालुवाटारमा नारायणकाजीविरुद्ध प्रदर्शन, राजीनामा दिन माग
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार २०:४८:५४
२८ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि नारायणकाजीविरुद्ध बालुवाटारमा प्रदर्शन भएको हो ।
स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर बालुवाटार गेटमा प्रदर्शन गरेको हो । उनीहरुले नारायणकाजीलाई पदबाट राजीनामा दिन दबाब दिएका छन् । प्रवक्ता, राष्ट्रियसभा र सांसद पदबाट पनि राजीनामा दिन प्रदर्शनकारीको माग छ ।
काभ्रेका युवाहरुले नारायणकाजीविरुद्ध प्रदर्शन गरेका हुन् । कमानसिंह लामाको मृत्यु नारायणकाजीको टर्चरका कारण भएको पनि उनीहरुको आरोप छ । लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
दुई दिनमा ‘ह्रस्व दीर्घ’काे कमाई २ करोड
मंसिर ३, २०८१ सोमबार
नोक्सानीमा रह्यो जोशी हाइड्रोपावर
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार