नेकपाको प्रवक्ताबाट राजीनामा दिन नारायणकाजीलाई गोकूलको सुझाव
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार २२:४:५३
२८ मंसिर, विराटनगर । नेकपाका नेता तथा पूर्वमन्त्री गोकूल बाँस्कोटाले नेकपाको प्रवक्ताबाट तत्काल राजीनामा दिन नारायणकाजी श्रेष्ठलाई सुझाव दिएका छन् । नेकपाका युवा नेताहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले तत्काल राजीनामा नदिए नारायणकाजीमाथि नैतिकता कै प्रश्न उठ्ने चेतावनी दिएका हुन् ।
प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटा पर्शुराम बस्नेतलाई साथमा राखेर प्रस्तुत भएका थिए । ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न मोरङ आएका बाँस्कोटाले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी दुर्घटनामा पर्ने बताए । उनले पार्टीमा देखिएको विवाद स्थायी कमिटी बैठकले समाधान गर्ने बताए ।
पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा मुछिएको सम्बन्धमा बाँस्कोटाले आफूबाट सिक्न आग्रह पनि गरे । सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका बाँस्कोटाले प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै भने, ‘आदर्श नेताले मबाट सिक्ने के ! कम्तिमा मेरो जति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार