सुदुरपश्चिममा कोरोनाले मृत्यु हुनेको संख्या ६४ पुग्यो
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार २३:२५:४५
२८ मंसिर, कैलाली । कैलालीको धनगढीमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका १ की ५५ वर्षीया महिला र गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना कारण मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि धनगढीकी ५५ वर्षीया महिला मंसिर २२ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका अनुसार उनी मधुमेह सम्बन्धी रोगबाट समेत पीडित थिइन् । गोदावरीकी ७५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमित उनी मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार