देश डुब्नै लाग्यो भन्दै निस्कियो सडकमा कांग्रेस
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १८:१५:२७
२९ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसले आज देशै भरी गर्ने भनिएको बिरोध प्रदर्शनकाे पूर्वी नेपालमा पनि ब्यापक तैयारी भैरहेको छ । झापा जिल्लाको बिर्तामोडमा हुने बिशाल आमसभा र जनप्रदर्शनको ब्यापक तैयारी भैरहेको दमक कांग्रेसले जनाएको छ । देश डुब्नै लाग्यो भन्दै कांग्रेस सडक प्रदर्शनमा निस्किएकाे हाे ।
जिल्लाका बिभिन्न स्थानबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरु बिर्तामोड जाने तैयारीमा रहेको र यसले बर्तमान सरकारको सर्बसत्ताबादको बिरुद्धमा देशैभरीबाट एकैसाथ बिगुल फुक्ने नेपाली कांग्रेस दमकका युवा नेता पर्शुराम रिजालले नेपालबहस सँगको छोटो भेटमा बताए । कांग्रेसको लामो समयको मौनतालाई आफ्नाे बहादुरी सम्झिएको बर्तमान नेकपाको सरकारलाई नेपाली कांग्रेसको आजको कार्यक्रमले धेरै कुराहरुको पाठ सिकाउन सक्ने समते नेता रिजालले बताए ।
मुलुकमा ब्याप्त बेथिति, भ्रष्टाचार, अनियमितता, जनताका स्वास्थ्यमा सरकारले गरिरहेको खेलवाड, दलीय ब्यवस्थाको समेत धज्जी उडाउँदै ब्यक्तिबादी सोचमा अगाडि बढीरहेको वर्तमान ओली नेतृत्वको नेकपाको सरकारले जनतालाई असाध्यै धेरै मानसिक यातना, आर्थिक भार र अन्धकारमय भविष्यमात्र दिन लागेका कारण पनि नेपाली कांग्रेस सडकमा ओर्लिनु परेको नेता रिजालको कथन छ ।
देशका अधिकांश परिवर्तनका संबाहकका रुपमा भएका आन्दोलनहरु झापाबाटै शुरु भएको स्मरण गराउँदै नेता रिजाल भन्छन्, नेकपाको जस्तो मान्छे मार्ने, भौतिक संरचना भत्काउने, बन्दूक बोक्ने, नागरिकलाई डर, त्रास र आतंकमय अवस्था सृजना गर्नेजस्ता कार्यलाई नेपाली कांग्रेसले कहिल्यै आन्दोलनको मार्ग नबनाउने भन्दै उनि भन्छन् अब जनताकै बिचमा, जनताकै साथमा, जनतासँगै कांग्रेस रहेर जनताका सवालमा सडकबाटै आवाज उठाउने र सरकारलाई आफ्नाे धरातलिय यथार्थतामा ल्याएरै छाडने छ ।
नेपाली कांग्रेस कहिल्यै पनि बन्द, हडताल, हत्या, हिंसाको राजनितिमा लाग्दैन । आज गर्न लागिएको बिरोध र्याली पनि नेपाली कांग्रेसले सरकारकै गलत रबैयाका कारण मात्रै गर्नुपरेको बताउने नेता रिजाल कांग्रेसको मौनतामा नेकपा सरकारले गरेका सबै जनबिरोधि निर्णय र जनतामारा कानूनहरु पनि उल्टाईदिने भन्दै आक्रोसित मुद्रामा नेता रिजाल भन्छन् अब नेपाली कांग्रेसको धैर्यताको बाँध फुटिसकेको छ । यसले कहाँ, कसरी, कति, र कस्कस्लाई बढारेर लैजाने हो ? यो भने अबका दिनले देखाउदै जानेछ ।
नेता रिजालले आज बिर्तामोडमा नेपाली कांग्रेसले गर्न लागेको बिरोध र्याली कुनै पार्टी बिशेषको मात्र नभई सम्पूर्ण न्यायप्रेमी देशभक्त र सरकार बिरोधी सबैको साझा आन्दोलन भएकोले आजको कार्यक्रममा सबैको साथ र सहयोग रहने कुरामा समेत विश्वास र पूर्ण सफलताको अपेक्षा समेत राखेको कुरा हामी सँगको संक्षिप्त भेटमा बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार