अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई १३ बर्ष जेल सजाय !
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार २३:३२:१०
२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई १३ बर्षको जेल सजाय हुने सम्भावना बढेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले पुर्पपक्षका लागि थुनामा पठाउने दिएका बस्न्यातलाई १३ बर्षको जेल सजाय हुने सम्भावना बढेको हो ।
भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवास क्याम्पभित्रको जग्गा गैरकानुनी तरिकाले व्यक्तिको नाममा पार्न बस्न्यातले भूमिका खेलेको अख्तियारको दाबी छ । सोही दाबीसहित अख्तियारले २२ माघ २०७६ मा आरोपपत्र दायर गर्दा बस्न्यात पनि दोषी पाइएका हुन् ।
भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव रहँदा बस्न्यातले १९ चैत २०६६ मा पठाएको मोही कायमसम्बन्धी प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले मोही कायम गर्ने निर्णय गरेको थियो ।
बस्न्यातको प्रस्ताव अनुसार २७ रोपनी ७ आना २ पैसा सरकारी तथा सार्वजनिक जग्गामा मोही कायम भएको देखिन्छ । त्यसमध्ये काठमाडौं ४ को कित्ता नम्बर ३४ र ७७ को जग्गा बालुवाटारस्थित प्रधानमन्त्री निवास क्षेत्रको हो ।
त्यस्तै, कित्ता नम्बर ३३ प्रधानन्यायाधीश र कित्ता नम्बर १६ सभामुख निवासमा पर्छ । अख्तियार स्रोत अनुसार, यी चारवटै कित्तामा बस्न्यातको प्रस्ताव अनुसार ‘ड्राइभर भाइचा’ को नाममा मोही कायम भएको थियो ।
२०२१ सालको भूमि ऐनले मोही सम्बन्धी व्यवस्था गरेको थियो । त्यसपछि ९ कात्तिक २०२५ मा भएको मालपोत ऐनको दोस्रो संशोधनले सरकारी जग्गामा मोही कायम नहुने व्यवस्था गर्यो ।
२०५३ सालमा भएको भूमि ऐन चौथो संशोधनले सरकारी मात्रै होइन कुनै पनि जग्गामा मोही कायम नहुने व्यवस्था गर्यो । तत्कालिन सचिव बस्न्यातले ‘ड्राइभर भाइचा’लगायतलाई मोही कायम गर्न प्रस्ताव गर्दा मोही कायम नहुने कानून प्रचलनमा आएको एक दशकभन्दा बढी भइसकेको थियो ।
त्यो प्रस्ताव लैजाँदा उनले क्षेत्राधिकार समेत मिचेको देखिन्छ । जग्गा जमीन सम्बन्धी क्षेत्राधिकार भुमि सुधार मन्त्रालयको हो, तर भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव बस्न्यातले प्रस्ताव अघि बढाएका थिए ।
अख्तियारले बन्स्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गरेको छ । उनले सरकारी र सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने, गराउने अपराध गरेको अख्तियारको दाबी छ ।
अख्तियारको माग दाबी पूरा हुँदा बस्न्यातलाई १३ वर्ष कैद सजाय हुने देखिन्छ । जुन संवैधानिक आयोगका कुनै पनि पूर्व प्रमुखलाई अहिलेसम्मकै सबैभन्दा धेरै सजाय माग हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित
मंसिर ३, २०८१ सोमबार
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
मंसिर ३, २०८१ सोमबार
चीन सरकारको सहयोगमा पुन:निर्माण भइरहेको सात तले दरबार
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
सभापति देउवाद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली
मंसिर ३, २०८१ सोमबार