ओली सरकारका कारण गणतन्त्र धरापमा : नेता केसी
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार २३:४७:४२
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेकपाको सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धरापमा परेको बताएका छन् । कांग्रेसले सोमबार बागलुङमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता केसीले सरकारले देश र लोकतन्त्रको अस्तित्व वर्वादी गरेको बताएका हुन् ।
हिटलरले पनि आफू निर्वाचित भएर निरंकुशता लादेको इतिहास छ भन्दै नेता केसीले वर्तमान सरकारले पनि निरंकुशता र संविधान विरोधी काम गरेर आफ्नो पतनको बाटो आफैं खनेको आरोप लगाए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी, ओम्नी र यति समूह, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका दर्जनौं विषयमा भ्रष्टाचारलाई सरकारी संरक्षण भएको केसीको आरोप छ ।
तनहुँमा भएको घटनामा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारले कांग्रेस जाग्ने एउटा निहुँ बनेको भन्दै केसीले यसअघिका दर्जनबढी घटनामा कांग्रेस कार्यकर्तामाथि सरकारी आक्रमण भएको पनि उनको भनाई छ । केसीले फरक विचारलाई शत्रु ठान्ने कम्युनिष्टबाट बहुदलीय व्यवस्था र बहुलबाद नै खतरामा परेको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पोल चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
दुई दिनमा ‘ह्रस्व दीर्घ’काे कमाई २ करोड
मंसिर ३, २०८१ सोमबार
नोक्सानीमा रह्यो जोशी हाइड्रोपावर
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार