नेकपाभित्रको शक्तिसंघर्षले संवैधानिक परिषदकाे बैठकमा असर
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १६:४६:११
३० मंसिर, काठमाडाैं । पछिल्लाे समय नेकपाभित्र भइरहेकाे शक्तिसंघर्षले संवैधानिक परिषद्को बैठकमा असर परेकाे छ । पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान परिषद्को बैठक बोलाएका थिए ।
तर, सभामुख अग्नि सापकोटा बैठकमा गएनन् । सापकोटाले बैठक बहिस्कार गरेको आज दोस्रोचोटी हो । यसअघि बाेलाइएकाे बैठकमा अन्तिम समयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सहभागी नहुने सूचना दिएपछि बैठक प्रभावित भएको थियाे ।
परिषदका अध्यक्ष एवं प्रधानमन्त्रीले बोलाएको बैठकप्रति सत्तारुढ पार्टीभित्रै असन्तुष्टि देखिएको छ । याे सँगै अब ओलीको यो कदमलाई प्रतिनिधिसभाका सभामुखले समेत साथ नदिने संकेत देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका विभिन्न संवैधानिक आयोगहरुमा ४५ पद रिक्त छन् ।
रिक्त पदहरुमा परिपूर्ति गर्न प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आएका छन् । विभिन्न पदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भागबण्डाको सहमति गर्न तयार भए पनि प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरुसँग भने परामर्श गर्न मञ्जुर छैन ।
स्थायी कमिटी बैठक जारी रहेको र पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका ओलीले विपक्षी दललाई समेत सहमतिमा ल्याएर विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने र पार्टीभित्रका विरोधी समूहलाई दबाबमा राख्ने रणनीति बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार