टम्पकाे अन्तिम अस्त्र जनवरी ६ मा, रिपब्लिकनका सांसदले नै पार्टी छाडे
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १८:५६:५३
अमेरिकी राष्टपतिको चुनावको नतिजा जसरी पनि अफ्नो पक्षमा पार्ने योजनाका साथ राष्टपति डोनाल्ड टम्पले एमी कोनी ब्यारेटलाई सुप्रिम कोर्टको न्यायाधीशमा नियुक्त गरे पनि उनकाे प्रयास अहिले आएर व्यर्थ भएको छ अर्थात् बालुवामा महल खडा गरेजस्तै भयो । आफ्नो अर्थात रिपब्लिकनको पक्षमा २ तिहाई न्यायाधीश हुँदापनि अदालतले टम्पको पक्षमा कुनै फैसला नसुनाउनुले अमेरिकी अदालतप्रति सबैको सम्मान जागेको छ ।
आम जनतालाई २० बर्ष अगाडिको एलगोर र जर्जबुस जुनियरको इतिहास फेरि दोहोरिन्छ कि भन्ने शंका थियो तर अदालतले जनताको त्यो शंकालाई हटाईदिएको कारण अदालतप्रति अझै बढी सम्मान बढेको छ । अमेरिकी अदालत कुनैपनि व्यक्ति, संस्था र पार्टीको पक्षमा हुँदैन भन्ने सन्देश दिएको छ । अदालत जहिले पनि तटस्थ हुन्छ । कानुन, न्यायको पक्षमा नै हुन्छ र हुनुपर्छ भन्ने सन्देश विश्वलाई दिएको छ ।
आफुले हारेका राज्यहरुमध्ये मुख्यतः पेन्सलभेनिया, जर्जिया, मेचिगन, विन्कीन्सन राज्यका हुलाकी मतलाई अबैधानिक घोषणा गर्नको लागि टेक्सास राज्यका वकील केन पाक्सटनले सर्वोच्च अदालतमा हालेको मुद्दालाई अदालतले गत शुक्रवार डिसेम्बर ११ मा खारेजी गरेसँगै टम्पमाथि ठुलो मानसिक दवाव परेको छ, तैपनि उनी अझै आफ्नो हार स्वीकार्न गर्न सकिरहेका छैनन् । स्मरणरहोस्, यसअघि टम्प समर्थक वकीलहरुले ती ४ राज्यसहित अन्य राज्यमा गरि झण्डै ५ दर्जन मुद्दा हालेपनि सबै मुद्दा हारिसकेका थिए ।
टम्पले मुद्दा मामिलाको लागि अन्तिम अस्त्रको रुपमा सर्वोच्च अदालतलाई हेरेका थिए । सर्वोच्च अदालतको ९ सदस्यीय न्यायाधीश मध्ये रिपब्लिकन राष्टपतिले नियुक्त गरेका ६ जना न्यायाधीशहरु हुनुले टम्पमा आशा पलाउनु स्वभाविक नै हो । अदालतले उनीहरुलाई निराश बनाएसँगै अब अन्यथा केही भएन भने वाइडेन अमेरिकाको ४६ औं राष्टपति हुनेछन् किनकि आज वाइडेनले ३०८ इलेक्टोरल पाइसकेका छन् जबकी राष्टपति हुन जम्मा २७० मत चाहिन्छ ।
आज राजधानी डिसीका अलावा ५० राज्यका ५३८ इलेक्टोरल मध्ये ३०६ इलेक्टोलरले वाइडेनलाई मत दिएर विजयी गराए पनि टम्प र रिपब्लिकनहरुले हार स्वीकार गर्न नसक्नुले अमेरिकी राजनीतिमा अर्को अध्याय सुरुवात भएको छ । वाइडेनको विजयलाई रिपब्लिकनका लिडरहरुले समेत स्वीकार नगर्नु प्रजातान्त्रिक अभ्यासको उपहास बताउँदै सन् २०१६ तथा २०२० मा रिपब्लिकन पार्टीबाट मेचिगन राज्यको १० डिष्टिकबाट हाउसमा जितेका हाउस अफ रेप्रिजेन्टिभ पल मिचेलले पार्टी छोडेको घोषणा गर्नुले रिपब्ल्किन पार्टीलाई ठुलो धक्का लागेकको छ । रिपब्लिकनमा पहिरो जान सुरु भएको छ अब के कति क्षति भयो रिपब्लिकनका अडिटरहरुले अडिट गर्लान् नै ।
हुन त प्रेम र युद्धमा जे पनि जायज हुन्छ भनेझैं टम्पले अझै हार स्वीकार गरिनसकेको अवस्थामा राष्टपतिको युद्द र कुर्सीको प्रेममा के कस्ता बबण्डर मच्चाइने हुन् यसै भन्न सकिन्न । किनकि वाइडेनलाई राष्टपतिमा विजयी भएको घोषणा उपराष्टपतिले नै गर्नुपर्नेछ । आज डिसेम्बर १४ मा भएको चुनावी नतिजाको घोषणा ६ जनवरी २०२१ का दिन सबै सिनेट सदस्य, हाउस प्रतिनिधिका सामु उप राष्टपति माइक पेन्सले गर्नुपर्नेछ । वाइडेन विजयी भएको घोषणा गर्नुपुर्व कुनैपनि सिनेट सदस्य वा हाउस प्रतिनिधिले वाइडेन विजयी हुन नसक्नेबारे ५ मिनेट अफ्नो राय राख्न पाउने व्यवस्था छ । त्यो बोल्ने सिनेटर वा हाउस प्रतिनिधिको रायलाई १ जना प्रस्तावक र १ जना समर्थकले साथ दिएको खण्डमा सोहीदिन कंग्रेसमा (हाउस र सिनेटमा) राष्टपतिको लागि गोप्य मतदान हुनेछ ।
सोही दिन दुबै सदनले नै राष्टपतिलाई निर्वाचित गर्नुपर्ने हुन्छ । रिपब्लिकनहरुले आफ्नाे पक्षमा सिनेटको बहुमत पुग्ने आंकल गरेकै कारण टम्पले सो अन्तिम अस्त्र प्रयोग नगर्लान् भनेर भन्न सकिन्न । स्मरण रहोस् अहिले रिपब्लिकनको पक्षमा ५० सिनेटर छन् । यदि चुनाव हुन बाँकी रहेको जर्जियाको २ सिट मध्ये रिपब्लिकनले १ सिट मात्रै जित्यो भने सिनेट रिपब्लिकनको कब्जामा जानेछ अर्थात् ५१ सिट भयो भने सिनेटमा बहुमत हुन्छ । टम्पले असली खेल त अझै सुरु भएको छैन भनेर यत्तिकै भनेका नहोलान् ? हुन त अमेरिकाको कंग्रेस (सिनेट र हाउस) का प्रतिनिधिलाई पार्टीको ह्वीप लाग्दैन ।
आजै पार्टी छोडेको घोषणा गरेका हाउसका प्रतिनिधि पल मिचेललाई पनि पार्टीको ह्वीप लाग्दैन । यस अघिनै केही रिपब्लिकन सिनेटरहरुले वाइडेनलाई बधाई दिइसकेका कारण टम्पको सपना दिवा सपना नै नहोला भन्न सकिन्न । जनवरी ६ टम्पले सोचेजस्तो सहज र सजिलो छैन । त्यो उनकाे लागि आत्मरति मात्र पनि हुन सक्छ । टम्पका खास मान्छेमा गनिएका उपराष्टपति माइक पेन्स जनवरी ६ तारिखका दिन कसरी प्रस्तुत होलान्, त्यो पनि प्रतीक्षाकै बिषय भएको ।
झण्डै आधा दर्जन क्रिमिनल मुद्दा तथा कर छली मुद्दा झेलिरहेका टम्पका आगामी दिन कठोर र कहालीलाग्दा हुनसक्छन् त्यही भएर नै उनले अहिले अने तिकडम अपनाई रहेको हुनुपर्छ । हैनभने उनलाई अझै सजिलै हार स्वीकार गर्न किन र कसरी गाह्रो भैरहेको छ ? आम अमेरिकी नागरिक प्रश्न गरिरहेका छन् । अब टम्प कसरी सेफ ल्याडिड होलान् त्यो भने समयलाई छोडिदिउँ । अस्तु । भर्जिनिया, अमेरिका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार