संवैधानिक परिषद आजै ५ बजे, नियुक्ति प्रकृया अघि बढाउन ओली दृढ
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १८:५२:२५
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता सञ्चालनमा एकलौटी गरे भनेर नेकपाभित्र चर्किएको द्वन्द्वलाई अझै उराल्ने गरी बालुवाटार अगाडि बढेको छ । ओलीको सर्वसत्तावादविरुद्ध पार्टी नेतृत्वको चरम असन्तुष्टिका बीच जारी स्थायी कमिटी बैठकलाई लोप्पा ख्वाउने पक्षमा बालुवाटार देखिएको छ । त्यसैले रिक्त संवैधानिक आयोग पूर्ति गर्न ओली कस्सिएका छन् । यसै प्रयोजनका लागि ओलीले आइतबार र आज गरी दुईपटक संवैधानिक परिषदको बैठक डाके ।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहे । हिजोको लागि देशव्यापीरुपमा सरकारविरोधी आन्दोलन घोषणा भएकाले उनी बैठकमा गएनन् । तर नेकपाकै नेतासमेत रहेका सभामुख अग्निप्रसाद सापकोटासमेत उक्त बैठकमा सहभागी भएनन् । कारण थियो, पार्टी भित्रको अन्तर्विरोध । प्रधानमन्त्रीको कार्यशैलीप्रति चरम असन्तुष्टी जनाएका नेताहरुले यही मुुद्धालाई लिएर विवाद गरिरहेका छन् ।
तर ओली भने कसैलाई सुन्ने पक्षमा छैनन् । उनी पाँच वर्ष आफ्नो सत्ता अरुलाई बाँड्न चाहन्नन्, कम्तिमा नेकपा भित्र चाहिं । बरु उनी विपक्षी दलसँग भागबण्डा गर्न तयार छन्, तर आफूलाई चिढ्याउने पार्टीकै नेतालाई ढिम्किन दिंदैनन् ।ओलीको यस्तो व्यवहारबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्रै होइन नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसमेत आजित भइसके ।
एकातिर पार्टी वैठकमा नआउने अनि दूत पठाएर मिल्न तयार छु भन्ने अर्कातिर बैठक चलिरहँदा नियुक्ति गर्न हतारिने ? प्रचण्डले निकट नेताहरुसँग भन्न थालेका छन् । त्यसैको प्रभाव स्वरुप सभामुख बैठकमा सहभागी भएनन् । ओलीको यो शैली भनेको हेपाहा हो भन्दै प्रचण्डले मुखमा राम राम बगलीमा छुरा भनेको यही हो भन्ने टिप्पणी गर्न थालेका छन् । उता, नेता नेपाल पनि ओलीसँग संवाद गर्नु भनेको भालुलाई पुराण सुनाउनु जस्तै हो भन्दैछन् । हिजो साँझ निकट नेताहरुसँग छलफल गर्दै नेता नेपालले अब ओलीसँग कुनैपनि हालतमा सहमति गर्न नसकिने अवस्था निर्माण भएको बताए ।
ओली आफ्नो बटमलाइनमा क्लियर छन्, उनी एकलौटी गर्न उद्यत् छन् बरु पार्टी विभाजन गर्नसमेत उनी तयार छन् भन्दै नेता नेपालले अब जस्तोसुकै परिस्थिति आउन सक्नेतर्फ संकेत गरेका छन् । पार्टी एकताप्रति इमान्दार थिए भने ओलीले अहिले संवैधानिक परिषदको बैठक बोलाउने थिएनन् भन्दै उनले यो भनेको पार्टीलाई उनले पटक्कै नगनेको प्रष्ट भएको बताए । ओलीको कार्यशैली हेर्दा लाग्दैन उनी प्रचण्ड र नेपाल पक्षसँग डराएका छन् । किनभने ओलीलाई पनि अहिलेको अवस्था राम्रो थाहाछ । उनी चाहन्छन् – प्रचण्ड र नेपालले यसबारे कुरा गरुन् । भागबण्डा नै गर्ने भए प्याकेजमा गरौं ।
यस्तो विषम परिस्थितिमा नेताहरु ओलीसँग भागबण्डाको कुुरा गर्न चाहँदैनन् । किनभने यस्तो प्रसंग उठ्ने वित्तिकै सबै विवाद पद र सत्ताकै लागि रहेछ भन्ने सन्देश जानेछ । त्यही अवस्थाको फाइदा उठाउँदैछन् ओली । प्रधानमन्त्रीको कार्यक्षेत्रमा कसैले प्रवेश गर्न नपाउने मान्यता बमोजिम ओलीले यस्तो कदम चाल्न लागेको तर्क बालुवाटार निकट स्रोतको रहेको छ ।
प्रधानमन्त्रीलाई पार्टीले डिक्टेट गर्ने हो भने हामी साम्यवादमा छौं भन्नुपर्यो , नत्र सबै काम पोलिटव्यूरोले सल्टाउने होइन कार्यकारी प्रमुखले हो भन्ने संवैधानिक व्यवस्थालाई ख्याल गरिनुपर्छ – स्रोत भन्छ । यसको अर्थ ओली जसरी भएपनि प्रचण्ड– नेपाल पक्षलाई गलाउन चाहन्छ । भागबण्डा चाहिए प्याकेज सहमति गरौं नत्र प्रधानमन्त्रीको विशेष अधिकारमा हस्तक्षेप नगरौं भन्ने सन्देश नै बालुवाटारले दिन खोजेको हो ।
यस्तो अवस्थामा नेताहरु आफैं अलमलमा परेका छन् । ओलीसँग व्यक्तिगत सम्बाद टुटिसकेकाले प्रचण्ड यसबारे केही भन्ने अवस्थामा छैनन् ।भोलि दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । तर सहमतिको कुनै पहल कतैबाट भएको छैन । बरु ओली चाहिं आफ्नो गतिमा अगाडि बढिरहेका छन् ।
आज सभामुख नआएकाले बिहान बैठकले औपचारिकता पाएन, तर साँझ ५ बजेका लागि बैठक फेरि बस्दैछ । उक्त बैठकमा चाहिं सभामुख नआएपनि प्रकृया अगाडि बढाइने बालुवाटार स्रोतले बताएको छ । हाल विभिन्न ११ संवैधानिक आयोगमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।
ती सबैमा एकैचोटी नियुक्ति गर्ने बालुवाटारको तयारी छ । कदाचित आज नियुक्ति प्रकृया अगाडि बढेन भने चाहिं ओली भोलिको स्थायी कमिटी बैठकमा सहभागी हुने सम्भावना न्यून रहेको जानकारी बालुवाटार निकट स्रोतले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता
मंसिर ३, २०८१ सोमबार
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
मंसिर ३, २०८१ सोमबार
घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा
मंसिर ३, २०८१ सोमबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित
मंसिर ३, २०८१ सोमबार