ओली सरकार पाँच वर्ष चल्नुपर्नेमा नेकपाकै युवा नेताहरुको जोड
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार २३:४३:०
३० मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने नेकपा सम्बद्ध युवा विद्यार्थीले बताएका छन् ।
नेकपासँग आबद्ध युवा सङ्घद्वारा आज यहाँ आयोजित भेलामा उनीहरुले आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।
दुई ठूला शक्तिशाली पार्टी जनताका चाहना र कम्युनिष्ट आन्दोलनको निम्ति एक भएकाले यो पार्टी फुट्न नहुने कुरामा उनीहरुले जोड दिएका छन् । सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले सरकार कुनै पनि हालतमा पाँच वर्ष टिक्ने भन्दै पार्टी फुट्न नदिन युवा एक भएर लाग्नुपर्ने सुझाव दिए । उनले पार्टी एकता कसैको स्वार्थ पूरा गर्न नभई नेपाली जनताको चाहना र आवश्यकता पूरा गर्नका लागि भएको पनि बताए ।
नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले पार्टीमा गम्भीर सङ्कट देखा परेकाले यसको समाधानका लागि युवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । पार्टीका अर्का केन्द्रीय सदस्य शिवकुमार मण्डलले पार्टीको सञ्चालन विचार र विधिबाट हुनुपर्ने बताउँदै सरकार जनताका हितमा केन्द्रित रहनुपर्ने उल्लेख गरे ।
सांसद अमनलाल मोदीले विधि र पद्धतिबाट सञ्चालन भएमात्र पार्टी दीर्घजीवी हुने धारणा राखेका थिए । प्रदेश सभा सदस्य कुशल लिम्बूले सरकारले जनतालाई न्याय दिन नसकेको र पार्टीलाई पनि व्यवस्थित गर्न नसकेको विचार व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार