सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङबाट दिर्घसेवा पदक वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार २:२९:५
![](https://nepalbahas.prixacdn.net/media/albums/radio-nepal-2_QaIvsx4Z4c.jpg)
३० मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति ‘रेडियो नेपाल’ ले आज आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गरे ।
सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति ‘रासस’, रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई प्रभावकारीरुपमा अघि बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै सकारात्मक कुराको पहिचान गरी कमजोरी केलाउन रेडियो नेपाल परिवारलाई आह्वान गरे ।
सो अवसरम रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विविधतामा एकताको सन्देश बोकेर रेडियो जनताको घरआँगनमा पुगेको बताउँदै जनताले अनुभूति गर्ने गरी निजी क्षेत्रभन्दा राम्रो सेवा रेडियोका कर्मचारीलाई आह्वान गरे । “प्रविधिमा सुधार गरी चालू आर्थिक वर्षमा ९२ प्रतिशत नेपालीका घरआँगनमा रेडियोको सेवा पु¥याउने लक्ष्य छ, यसका लागि तालीमका कार्यक्रम पनि शुरु भएको छ, रेडियो र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सार्वजनिक प्रसारण विधेयक संसद्मा दर्ता भइसकेको छ, दुवै संस्थाका राम्रा कर्मचारीको वृत्तिविकासमा असर नपर्ने गरी काम हुन्छ”, सचिव बस्यालले भने ।
देशको सबै भूगोलमा रेडियोको सेवा पु¥याउने र नेपाल टेलिभिजनलाई अन्तरराष्ट्रियस्तरसम्म सेवा विस्तार गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी पनि उनले दिए । उनका अनुसार चारै सरकारी सञ्चारमाध्यमलाई थोरै जनशक्तिका भरमा धेरै सेवा दिने गरी अघि बढाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हाल जनसङ्ख्याको ८७ प्रतिशतमा संस्थाको सेवा पुगेको जानकारी दिए । रेडियोका हाल २३ एफएम र छ मिडियम वेभ स्टेशन छन् । रेडियो नेपालले २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम सञ्चालन गरिरहेको छ । समाचार र कार्यक्रम सञ्चालन गर्ने भाषा थपिएपछि खर्च पनि बढ्ने भएकाले थप गर्न नसकिएको कार्यकारी निर्देशक केसीको भनाइ थियो । रेडियो नेपालले प्रदेश नं १ को विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गर्न लागेको जानकारी पनि उनले दिए ।
रेडियो नेपालको ७० औँ स्थापना दिवसका अवसरमा गत वर्ष चैत २० गते दिनुपर्ने दीर्घसेवा पदक कोरोना महामारीका कारण दिन नसकिएकाले उपयुक्त समय पारेर आज कार्यक्रम आयोजना गरिएको हो । केन्द्रीय कार्यालय सिंहदरबारमा कार्यरत १५ र राजधानी बाहिरका कार्यालयमा कार्यरत चार गरी १९ जनाले आज २५ वर्ष सेवा गरेवापत दीर्घसेवा पदक र प्रशंसापत्र प्राप्त गरेका छन् । कोरोनाका कारण रेडियो नेपालमा कार्यरत ४३ कर्मचारी पीडित भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार