प्रधानन्यायाधीस र सभामुखलाई महाअभियोग लगाउने रणनीति
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार २:५३:९
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेस आ आफ्नो रणनीतिमा लागेका छन् । खुमलटारमा बसेको नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको भेलाले प्रधानमन्त्री ओलीलाई साथ दिने प्रधानन्यायाधीसमाथि महाअभियोग लगाउने रणनीति बनाएको छ ।
विवादास्पद अध्यादेश ल्याएर पनि न्यायपालिकाको प्रमुख भएर कार्यपालिकाको आदेशापलक भएको भन्दै प्रचण्ड र माधव नेपाल पक्षले प्रधानन्यायाधीस चोलेन्द्र समशेर जबरामाथि महाअभियो लगाउने रणनीति बुनेको हो ।
ओलीलाई साथ दिने प्रधानन्यायाधीसमाथि महाअभियोग लगाएर तर्साउने योजना प्रचण्ड पक्षको छ । जसलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि साथ दिने योजना छ । यता ओली पक्ष भने आफूलाई साथ नदिने सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने योजना बनाएको छ ।
संंसद अधिवेशन बोलाउन दबाब दिने र संसदमै प्रधानन्यायाधीस र सभामुखमाथि महाअभियोग लगाउने दुई पक्षको तयारी छ । ओली अब देश चलाउनेभन्दा तानाशाही शासन लाद्न उद्दत रहेको प्रचण्ड, माधव नेपाल र प्रतिपक्ष कांग्रेसको निष्कर्ष छ ।
सोही कारण पनि ओलीको मनपरी निरंकुशता रोक्न उनलाई साथ दिनेलाई महाअभियोग लगाउनुपर्ने नेकपाका बहुमत पक्षको योजना छ । जसलाई कांग्रेसको पनि समर्थन छ । तर यो अस्त्र त्यति सजिलैसँग कार्यान्वयन गर्न भने चुनौति छ ।
मूलकारण अहिले संसद अधिवेशन स्थगित गरिएको छ । प्रतिपक्षी कांग्रेसले संसद अधिवेशन बोलाउन माग गरिरहेका बेला सत्तारुढ दलका धेरै नेताहरुले समेत अहिले संसद अधिवेशन बोलाउन माग गरिरहेका छन् । जसकारण ओली झन दबाबमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार