तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार ११:४५:३
वि.सं.२०७७ साल पौष ०१ गते । बुधबार । इ.स.२०२० डिसेम्बर १६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– द्वितीया,१८ बजेर ५९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–पूर्वाषाढा,२२ बजेर ४४ मिनेट उप्रान्त उत्तराषाढा । योग–वृद्धि,२१ बजेर ३७ मिनेट उप्रान्त ध्रुव । करण– बालव,०७ बजेर ४० मिनेट उप्रान्त कौलव,१८ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेटमा,सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २५ घडी ५१ पला । पौष सक्रान्ति ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जाने छ । धर्म सस्कृती तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदा राम्रो रहने छ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिने छ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेको छ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको कामदेखी सबै खुशि हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमी हुनेछ । सवारीसाधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) : मिठो बोल्दा पनि बिपक्षीहरुले गलत अर्थ लगाई तपाईको साख गिराउन खोज्ने छन् । प्रलोभनमा पारेर आफ्नैहरुले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछी आर्थिक कुरामा राय बाजिने तथा मनमुटाब सिर्जना हुन सक्छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- पढाईलेखाईमा राम्रो प्रगती गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यवसायबाट मनग्गे फाईदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउने छ । आम्दानीका स्रोत पहिल्याउन सकिने छ भने, सामाजिक कामगर्दै नाम कमाउन सकिने छ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धी गर्न सकिने छ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारीसाधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यवसायमा समय लगानी गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउने ग्रहयोग रहेकोछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-लामो दुरिको विदेश यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- बिशिष्ट व्यक्तिहरुको बिचारले प्रभावित बनाउने छ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनितिक तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिने छ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- राजनीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ ।तपाईको दिन शुभ रहोस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार