कस्तो छ तपाईको पुष महिनाको राशीफल ?
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार १२:१५:३६
२०७७ साल पौष महिनाको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दी आउनेछ । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला । तरपनि संघर्षका बावजुत राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ ।
ठुलाबडा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । बृहस्पति तथा शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहने छ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाईको सहयोग रहने छ, भने छोटोदुरीको रमाईलो यात्राको तय हुने छ । बैक तथा बित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन लाभ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईको सहभागिता कमजोर रहनेछ । सवारीसाधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाईने छ । स्थायी सम्पतिमा विवाद आउने योग रहेको छ, भने दिदीबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । घरपरिवारका आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तरपनि बृहस्पती, शनि तथा अरु ग्रहको अनुकुल प्रभाव रहनाले व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाईलेखाईमा नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । धार्मिक पुस्तक अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिने छ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग गरिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन, बैक तथा बित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले राजनीतिक तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवनसाथीसँग राय बाजिने छ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाब बढ्ने योग रहेको छ । शनिको अढैया प्रभाव पनि रहने हुनाले घर परिवार, आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जाने छ । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तरपनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यकताहरू पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ ।छोटो वा लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथीहरुसँग सहभागी भई मिठा परिकार खादै रमाईलो गफ गरेर महिना कटाउन सकिने छ । अग्रज तथा आफन्तको आशिर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाईलेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशिर्वाद प्राप्त हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- प्रतिस्पर्धा भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरुको मन जित्न सकिने छ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउने छ । अदालत तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । मातापिता तथा आफन्तबाट आशिर्वाद पाईने छ । बाधाबिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोश जागर बढेर आउनेछ ।
पढाईलेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्रस्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावा रहेको छ । महिनाको दोस्रो साताबाट राज्यभावमा गोचर गर्ने बलवान मंगलले रुचम योगको निर्माण गर्ने भएकोले सुरक्षा निकाएमा जागिर पाउने तथा बढुवा हुनेछ । खनिज पदार्थ,खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- सन्तान तथा बिद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्ने छ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिने छ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानी खस्केर जानेछ । पेट,आँखा तथा टाउकोमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोगी जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागि महिना मध्यम रहेको छ ।
तरपनि महिनाभर नै बुध, शुक्र, मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थानमा र प्राईभेट कम्पनीहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धनसम्पति जोड्न सक्नेछन । उपाहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेकोछ । अध्ययन तथा कामको सिलशिलामा लामोदुरीको यात्राको तय हुनेछ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा संगठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिसर्च, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगति हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :-सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीतिक तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्ने भएकोले राजनीतिकर्मी, समाजसेवी तथा घरजग्गाको कारोबार गर्ने व्यापारीहरुका लागि समय मध्यम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारीसाधनको कारोबार गर्दा ध्यान दिनुहोला ।
तरपनि महिनाभर नै बुध, शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैत्रिक धन तथा सम्पतिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्वन्धित सामानको खरिदबिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुका लागि मनग्गे धनसम्पति जोड्न सकिने समय रहेको छ । बैक तथा बित्तीय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ । बिद्या भावमा गोचर बृहस्पति र शनिको गोचर शुभ रहने हुनाले लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । बैक तथा बित्तीय क्षेत्र र शिक्षा क्षेत्रबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसाय, बाणिज्य, लेखन, कला साहित्य तथा सबै खाले प्राबिधिक पेशामा कन्या राशी भएका व्याक्तिहरुले आफुलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- तुला राशी भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । राजनीतिक तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिककर्मी तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ । अन्धबिश्वास तथा कु-संस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ ।
बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । मायाप्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । तरपनि महिनाभर नै शनिको अढैयाको प्रभाप रहने हुनाले सवारीसाधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला । रुपैयाँ पैसा डुब्ने र सवारीसाधनको प्रयोग गर्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसस्दा उपलब्धि हातबाट फुत्किनेछ । धनसम्पति हराउने, लुटिने तथा स्थायी सम्पतिमा बिवाद हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग मनमुटाव सिर्जना हुनेछ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला, आलोचनाको शिकार होईनेछ । टाउको, आँखा तथा पेट तथा छात्ती सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ ।
तरपनि बुध, शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धि हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक बस्तु तथा सवारीसाधनको कारोबार फस्टाएर जानेछ । बृहस्पती तथा शनिको प्रभावले उत्पादनमूखी तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ, भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागी समय उत्तम रहेको छ । मायाप्रेममा मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिने छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- यो महिना खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिने छ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्यमा बिशेष गरि उच्च रक्तचाप, टाउँको दुखाई, छात्ती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।
तरपनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेकोछ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ, भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागी समय उत्तम रहेको छ । मायाप्रेममा मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिने छ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा बृद्धि हुनेछ ।
तरपनि शनिको अन्त्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । नशा, प्यारालाईशिस, ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिशेष ख्याल गर्नुहोला ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यवहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानीको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुले काममा ढिला सुस्ति तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नुपर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरुले नियम संगत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।
महिनाभर नै शनिका मध्य साढेसातिको प्रभाव रहने छ, जसको कारणले व्यापार व्यवसायमा मन्दी आउने तथा रुपैयाँ पैसा फस्ने योग रहेको छ । शरीरमा आलश्य तथा थकान महशुस हुनेछ । आफन्त तथा कुटुम्बसँग घरायसी कुरामा राय बाजिनेछ । आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तरपनी बुध, बृहस्पती, मंगल तथा शुक्रका अनुकुल प्रभावले लामो समयदेखी बन्द रहेका उद्योगहरु सुचारु गर्न सकिनेछ । आफन्त तथा अग्रबाट आशिर्वाद प्राप्त हुनेछ ।
सवारीसाधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिने छ । विद्यार्थी तथा शिक्षा पेशामा लागेका व्यक्तिहरुका लागि समय लाभदायी बन्नेछ । यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानी गर्नेहरुका लागि समम फलदायी रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । मायाप्रेममा नजिक हुन सकिने तथा जीवनसाथीको सहयोगले राम्रा तथा परिणामूखी कार्य सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ, भने मानसम्मान, ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीतिककर्मी, खेलाडी, पत्रकार तथा बिद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ । अग्रज तथा आफन्तबाट तपाईको काममा सहयोग तथा आशिर्वाद पाईनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ, तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पती आर्जन गर्न सकिनेछ । आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ ।
तपाईको कार्यकुशलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । मायाप्रेममा नजिक हुन सकिने तथा जीवनसाथीको सहयोगले राम्रा तथा परिणाममुखी कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
तरपनि शनिको आध्य साढेसातीको प्रभावले आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । नशा, प्यारालाईशिस, ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिशेष ख्याल गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- राज्य भावमा गोचर गर्ने सूर्यको अनुकुल प्रभावले राजनीतिककर्मी तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मानसम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ, भने राजनीतिशास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेको छ । पतिपत्नी बीचको सम्बन्ध सुढढ हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । कला साहित्य तथा गीत संगीतमा बिशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माता पिता तथा अग्रबाट आशिर्वाद तथा सहयोग पाईनेछ । लेखन, साहित्य, कबिता, कला तथा साहित्य, मनोरञ्जन, हास्यबिधा, अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउने समय रहेको छ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्ताे छ २०७९ साल जेठ महिनाको तपाईको राशीफल ?
जेठ १, २०७९ आइतबार
कस्ताे छ, तपाईकाे २०७८ साल भदौ महीनाको राशीफल ?
भदौ १, २०७८ मंगलबार
तपाईको २०७८ साल साउन महीनाको राशीफल
साउन १, २०७८ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार