आज नेकपाको स्थायी कमिटी बैठक बस्दै
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार १३:२५:५७
१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा भेला भएका थिए । उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् । पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ ।
सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ । नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुकी बसेको थियो । बैठकले कुनै निर्णय भने गरेन । नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो ।
यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए तर, पार्टीभित्रै त्यसको चर्को विरोध भएपछि दुवै अध्यादेश फिर्ता भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा [ फोटो फिचर ]
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार